काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ ।
संसदका महासचिव डा. भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् ।
राणाले संसदको पत्र आफूले पाएको बताएका छन् । महाअभियोग निष्क्रिय भएसँगै आजै आफू अदालतमा हाजिर हुने समेत उनले जानकारी दिए ।
चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उनले आगामी २७ गते अवकाश पाउँदैछन् ।








प्रतिक्रिया दिनुहोस्