ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीम रावललाई मेयर शाहको जवाफ : ‘परराष्ट्रको अनुमतिपछि मात्र अमेरिकी राजदूतसँग भेटेका हौँ’


एबीसी / संवाददाता

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले परराष्ट्र मन्त्रालयको अनुमति लिएर आएपछि अमेरिकी राजदूतलाई भेटेको बताउनुभएको छ ।अमेरिकी राजदूतलाई भेटेको बारेमा नेकपा एमालेका नेता भीम रावलले उठाएका विषयलाई खण्डन गर्दै बालेन शाहले परराष्ट्रको अनुमतिपछि मात्र अमेरिकी राजदूत डीन थम्पसनसँग भेटेको बताउनुभएको हो । उहाँले अमेरिकी राजदूतले आफूहरूसँग पटक–पटक भेट्न खोज्दा चाहिँ परराष्ट्रबाट अनुमति लिएर आउन भनेको बताउनुभएको छ ।
यस्तै मेयर शाहले राजदूतले आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आएको भए पनि आफूहरूले अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी, पौवा बनाइदिन सहयोग गर्ने भनेर पठाएको बताउनुभएको छ ।

‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौँ र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौँ । हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी, पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ । र थप एमसीसीमार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत् नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौँ’, शाहले फेसबुकमा लेख्नुभएको छ ।

यसअघि नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राजदूतलाई भेटेकोबारेमा प्रश्न उठाउनुभएको थियो । रावलले नेपालको परराष्ट्र सम्बन्धी मामिला सङ्घीय सरकार मातहत रहने स्मरण गराउँदै मेयर शाहले परराष्ट्र मन्त्रालयको अनुमति नलिइ अमेरिकी राजदूत भेटेको भए त्यो आपत्तिजनक हुने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com