काठमाडौ., ११ मंसिर । इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित हुनुभएको छ । सुरुदेखि नै पछि परिरहेका खनाल नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग २९ सय ५७ मतले पराजित हुनुभएको हो ।
तर यसको अन्तिम मतपरिणामको विवरण निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरिसकेको छैन। इलाम क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष सुवास नेम्वाङ विजयी हुनुभएको छ । शनिबार दिउँसो २ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार एमाले उम्मेदवार बस्नेतले २४ हजार ३०४ मत ल्याउनुभएको छ ।
सुरुदेखि नै पछि पर्नुभएका खनालले २१ हजार ८०२ मत पाउनुभएको थियो । त्यसबेला अहिले २५ सय २ मतले पछि पर्नुभएको थियो। तर अन्तिम परिणाम आउँदा त्यो मतान्तर बढेर तीन हजारनजिक पुगेको हो। आफू पछि परेपछि खनालले त्यहाँ पुन गणना गर्नुपर्ने माग गर्नुभएको थियो। तर निर्वाचन आयोगले त्यसलाई स्वीकार गरेन।उनले सुरुमा ५ सय मत तलमाथि गरिएको बताउदै आउनुभउको थियो । त्यसपछि पनि उनले २६० मतमा गडबड गरिएकाले मतगणना बहिष्कार गर्ने चेतावनी दिनुभएको थियो । तर आयोगले उनको दाबीलाई अस्वीकार गर्दै मतगणना टुंग्याएको हो।








प्रतिक्रिया दिनुहोस्