ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठुलानेताहरुको म्याच फिक्सिङ (भिडियोसहित)


एबीसी / संवाददाता
कार्तिक २४, २०७९ बिहीबार  १२ : ४४ बजे

काठमाडौं, २४ कात्तिक । मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको चहलपहल अहिले सबैतिर छ । ५ वर्षका लागि जनताले आफ्ना प्रतिनिधि छानेर प्रदेश र संघीय संसदमा पठाउने भएकाले पनि यसको प्रभाव बढी छ । पटक पटकको परीक्षामा अनुत्तीर्ण भैसकेकाहरूलाई फेरि मौका नदिन चुनाव हराऔं भन्ने ‘नो, नट अगेन’ अभियान व्यापक बन्न थालेपनि ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’ गरिएको पाइएको छ ।

त्यस्तै, दलहरुले संविधान र कानूनविपरीत काम गर्न थालेको भन्दै आयोगले दलहरुलाई प्राइमरी इलेक्शनको निर्देशन दिनुपर्ने मागहरु प्रसस्तै आएका छन । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागी विभिन्न दलसहित ठूलो मात्रामा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । उनीहरूले आफ्नो पक्षमा मत तान्नका लागि विभिन्न माध्यमबाट व्यापक प्रचारप्रसार गरिहरेका छन । पछिल्ला स्थानीय तह निर्वाचनमा विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारको विजयी भएपछि त्यसको प्रभावका रूपमा संघीय निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार धेरै भएको हुनसक्ने कतिपयको बुझाइ छ । यद्यपि पहिले दलगत राजनीतिमा सक्रिय रहेका केहीले पनि आफ्नो दलभित्र विवाद तथा विभाजन देखापरेपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन । निर्वाचनमा स्वतन्त्र उमेदवारको लर्को लागेपनि ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै म्याच फिक्सिङ गरेर चुनावमा होमिएको आरोप लागेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताहरु कसलाई कहाँबाट जिताउने भन्ने पहिले नै पक्का भइसकेकाले नो नट अगेन जति भनेपनि प्रभावकारी नहुने गुनासो गरे । गठबन्धन र तालमेलको नाममा मतदाताको रोजाईको उम्मेदवारलाई मतदान गर्न नसकिएको भन्दै उनले समानुपातिक निर्वाचन प्रणालीलाई नेता व्यवस्थापनका लागि मात्रै प्रयोग गरिएको बताए । निर्वाचनको बेला टिकट विक्री भई लक्षित समुदायले टिकट नपाउन नसकेको हुँदा निर्वाचन आयोगको विश्वसनीयतामा गम्भिर प्रश्न उठेको उनको भनाई छ । संविधान मिचेर अध्यादेशबाट नियुक्त भएका आयुक्तहरुलाई संविधान, कानून र लोकतन्त्रको मतलव नहुँदा आगामी निर्वाचनपछि देश अस्थिरतामा जाने निश्चित भएको उनी बताउँछन ।अधिवक्ता ओमप्रकाश अर्यालले पार्टीभित्र उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्शन’ को व्यवस्था गर्न निर्वाचन आयोगले निर्देशन दिनुपर्ने बताए ।

आयोगले कतिपय निर्णयहरु दलका ठूला नेताहरुलाई हेरेर गर्ने गरेको भन्दै अधिवक्ता अर्यालले निर्वाचन आयोग स्वतन्त्र हुन नसकेको आरोप समेत लगाए । अधिवक्ता अर्यालले स्वतन्त्र उम्मेदवारहरु निर्वाचनमा होमिएपनि विकल्प दिने औकातसहित नआएका भन्दै स्वतन्त्र उम्मेदवारहरुलाई पानीको फोकाको संज्ञा दिए । लक्ष्यविहीन स्वतन्त्रहरु बढी भएमा लोकतन्त्र, निर्वाचन प्रणाली र स्थिरतालाई असर पार्ने उनको भनाई छ । यस्तै, अधिवक्ता मोहना अन्सारीले निर्वाचन आयोग पार्टीको छाँयाको रुपमा चलिरहेको बताइन । निर्वाचनमा धेरै पैसा खर्च हुनुले भ्रष्टाचार हुँदैछ भन्ने इंकित गरेको भन्दै उनले कम खर्चमा स्वच्छ र निष्पक्ष निर्वाचन हुनुपर्नेमा जोड दिइन ।

निर्वाचन आयोगले तोकेको खर्च सीमा लागू हुन नसकेको र खर्चिलो निर्वाचन प्रणालीका कारण पैसावाला मात्रै प्रत्यक्ष राजनीतिमा संलग्न हुने अवस्था आएको उनले बताइन । आयोगले तोकेको खर्च विपरीत राजनितिक दलहरु जाँदा पनि निर्वाचन आयोगले नियन्त्रण गर्न नसकेको उनको गुनासो छ ।

चुनाव नजिकिँदै जाँदा दल र उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन । त्योसँगै पैसाको चलखेल पनि बढ्दो छ । अपवादबाहेक पैसा खर्च गर्न नसक्ने उम्मेदवार र दललाई चुनाव जित्न पनि मुस्किल पर्ने अवस्था पछिल्ला वर्षहरूमा देखिन थालेको छ । हरेक निर्वाचन क्षेत्रमा मुख्य उम्मेदवारहरूलाई राखेर उनीहरूका विगतका काम र चुनावी एजेन्डामा बहस गराउन सके जनतालाई मतदानका लागि निर्णय लिन सजिलो हुने देखिन्छ । निर्वाचन लोकतन्त्रको एउटा महत्त्वपूर्ण प्रक्रिया हो । यसलाई स्वच्छ, धाँधलीरहित र प्रतिस्पर्धात्मक बनाउन पनि राज्यका तर्फबाट बजेट लगायतका स्रोतसाधनको आवश्यकता पर्छ । तर, खर्च धेरै बढ्दा सरकार र उम्मेदवारहरूबाट हुने खर्चको प्रभाव मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पनि पर्न जान्छ । यसतर्फ बेलैमा ध्यान दिनु आवश्यक हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्ती विवाद: कानुन, मानव अधिकार र विकास नीतिबीचको टकराव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com