ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर क्षेत्र नम्बर ३ पनि चुनाव मय बन्दै : यस्तो छ उम्मेदवारको जित्ने आधार (भिडियोसहित)


एबीसी / संवाददाता
कार्तिक २३, २०७९ बुधबार  १ : ३१ बजे

काठमाडौं, २३ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चहलपहल बढे सँगै ललितपुर क्षेत्र नम्बर ३ पनि चुनाव मय बन्दै गएको छ । ९४ हजार ११४ मतदाता रहेको सो क्षेत्रभित्र खोकना, बुङमति, हरिसिद्धि, सुनाकोठी, ठेचो, धापाखेल, ठैबलगायतका क्षेत्रका ऐतिहासिक सम्पदा छन् । ती क्षेत्रमा भएका सम्पदाको संरक्षण ,बेरोजगारी समस्या, स्वास्थ्य,खानेपानी लगाएतका समस्याको समधान गर्नै भन्दै विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले आफ्नो प्रचार प्रशार तथा घरदैलो कार्यक्रमलाई तदारुकताका साथ अघि बढाएका छन् ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चहलपहल देशभर बढिरहेको छ । यस्तै ललितपुर क्षेत्र नम्बर ३ पनि चुनाव मय बन्दै गएको छ । २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट निर्वाचित भएकी पम्फा भुसाल यस पटक सत्ता गठबन्धन तर्फबाट फेरी पनि प्रतिस्पर्धामा रहेकी छन । ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यअन्तर्गत सरकार र संसद्को लामो अनुभव बोकेकी माओवादीकी भुसाल चार पटक मन्त्री र तीन पटक सांसद समेत बनेकी छन । अघिल्लोपटक वामगठबन्धनमा चुनाव जितेकी भुसाललाई यसपल्ट सत्ता गठबन्धनको साथ छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी तोसीमा कार्की युवा माझ लोकप्रिय रहेका कारण भुसाललाई चुनौती दिन सक्ने कतिपयको आँकलन छ ।

भुसालको अर्का प्रतिस्पर्धीको रूपमा नेकपा एमालेका अमृत खड्का चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उपमहासचिव एवं ऊर्जामन्त्री भुसाल र एमालेका खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्की सहित २० जनाको उम्मेदवारी रहेको ललितपुर क्षेत्र नम्बर ३ को निर्वाचनलाई चासोका साथ हेरिएको छ । राजनीतिक दलमा स्थापितसँगै भिन्न पेसा र व्यवसायमा संलग्न व्यक्तिहरूको उम्मेदवारीले पनि यो क्षेत्रको प्रतिस्पर्धालाई रोचक बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री तथा गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं. ३े प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरुको प्रवर्द्धन गर्न आफू उम्मेदवार बनेको बताएकी छन ।

मन्त्री भुुसाले भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ,बेरोजगारीको समाधान ,जनताको जीवनस्तरमा अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल बनाउन जोड दिने बताइन । यो क्षेत्रमा अझै अपुराकामलाइ पुरा गर्न र थप विकास निर्माणका काम गर्न बाकी रहेको र यस क्षेत्रका जनताले भुसाललाई निर्वाचित गर्ने विश्वास व्यक्त गरिन । नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका उम्मेदवार अमृत खड्काले जनताका लागि सम्मानजनक, सुखी, समृद्ध जीवनयापनका अवस्था सिर्जना गर्न प्रतिबद्ध रहेको बताउदै आएका छन् । विगतमा यस क्षेत्र निर्वाचित भएकाहरुले सडक, खाने पानी स्वास्थ्य, बरोजगार लगायतका समस्याको समाधान गर्न नसकेको दाबी समेत गरे ।

ललितपुर महानगरका २० र गोदावरी नगरपालिकाका दुई गरी २२ वटा वडा रहेको यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, प्राचीन सम्पदा, सामाजिक सुरक्षा, महिला सशक्तीकरण, भौतिक र सामाजिक विकासलगायत विषयमा विकासका काम हुन नसकेको उम्मेदवारहरुको टिप्पणी गदै आएका छन । ९४ हजार ११४ मतदाता रहेको सो क्षेत्रभित्र खोकना, बुङमति, हरिसिद्धि, सुनाकोठी, ठेचो, धापाखेल, ठैबलगायतका क्षेत्रका ऐतिहासिक सम्पदा छन् । यि सम्पदाको संरक्षण र प्रवद्धनमा सहयोग पु¥याउने तथा यस क्षेत्रका जनताको जीवन स्तर उकास्ने र युवा पलायनलाई जोगाउन ठोस कदम चाल्ने उम्मेदवारहरुले मुख्या एजेण्डा बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्ती विवाद: कानुन, मानव अधिकार र विकास नीतिबीचको टकराव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com