ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपर अरुण आयोजनामा चलखेलको गन्ध आएको एमाले नेता गौतमको दावी


एबीसी / संवाददाता
असार १३, २०७९ सोमबार  १२ : ४४ बजे

काठमाडौँ, १३ असार । नेकपा एमालेका नेता राजेन्द्र गौतमले संखुवासभास्थित अपर अरुण आयोजनामा चलखेलको गन्ध आएको बताउनुभएको छ । आईतबार संसदमा अपर अरुण जलविद्युत आयोजनाको विषयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

पछिल्लो समय यो आयोजना ब्यापारि र विदेशीलाई सुम्पने त हैन भन्ने जनतामा ठूलो त्रास फैलिएको पनि बताउनुभयो । अपर अरुणको सयर गर्ने क्रममा दिनकै पाँच वटा भन्दा बढी हेलिकोप्टर लिएर अर्थमन्त्री जर्नादन शर्माको नेतृत्वमा हवाई र स्थलगत निरीक्षणको प्रकृयाले विवाद उत्पन्न गराउने र अपर अरुण बेच्न र देशका सम्पूर्ण नदिनाला भारतलाई सुम्पने खेल त भई रहेको छैन भन्ने जनतामा ठूलो त्रास फैलिएको उहाँको तर्क छ । संखुवासभास्थित अरुण तेस्रो आयोजना ल्याउने र नल्याउनेहरुकोबीचको मतान्तरले जसरी २५ वर्षसम्म संखुवासभामात्र हैन, देश नै पछाडि परेको उहाँले बताउनुभएको छ । त्यसैले यसको पनि अरुण तेस्रोको जस्तै नियति हुने त हैन भन्ने प्रश्न समेत उहाँले गर्नुभयो । उहाँले अपर अरुण जलविद्युतको निर्माण र बिकासमा संखुवासभाली र नेपाली जनताको सहभागिता, स्वामित्व र अपनत्व कायम हुने गरी आन्तरिक पूँजीबजारको माध्यमबाट निर्माण गर्न जोडदार माग पनि गर्नुभयो ।

उहाँले प्रत्येक जिल्लाबासीलाई, प्रदेश-१ र नेपाली नागरिकको लगानीमा आयोजना बनाउनु पर्ने बताउनुभयो । उहाँले यसलाई व्यापारिको हातमा सुम्पने, व्यापारिकरण गर्ने, चलखेल भएको भन्दै आर्थिक रुपले विपन्न जनताले शेयर हाल्ने बातावरण बनाउनु र शेयरमा समानुपातिक वितरण गर्न पनि माग गर्नुभयो । जलविद्युत विकासमा शेयर लगानी गर्न सरकारले बाटो खोलिदिनु पर्ने उहाँको माग छ । अपर अरुण आयोजना नेपालको पानी जनताकोलागनी अर्थात जनताको जलविद्युत कार्यक्रम अन्तर्गत बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले यो आयोजना कुन मोडालिटीमा बनाउन चाहेको छ भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ । उहाँले हालको अवस्था के छ र यथार्थ जानकारी दिन पनि सरकारसँग माग गर्नुभयो ।
उहँले परम्परागत उर्जाको स्रोतलाई स्वच्छ किफायती तथा आधुनकी उर्जाले प्रतिस्थापन गर्नु, उर्जा सुरक्षा तथा उर्जा दक्षताका लागि मिश्रित उर्जा प्रणालीको नीति अवलम्बन गर्नु, उर्जाको पहुँच नपुगेका वास्तविक लक्षित वर्ग र क्षेत्रमा पुहुँच पुर्याउनुपर्ने पनि बताउनुभयो । उहाँले नेपालको पानी जनताको लगानी भन्ने सरकारको अभियानलाई स्थानीय स्तरमा निर्माण हुने ठूला जलविद्युत आयोजनामा जनताको लगानी सुनिश्चित गरिनुपर्ने बताउनुभयो ।

जनतालाई नै मालिक बनाउने जनसहभागितामा आधारित लगानी अभिवृद्धि गर्न स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारको संयुक्त लगानी नीति अख्तियार गर्न पनि उहाँले माग गर्नुभयो । स्थानीय र गरीबिको रेखामुनि रहेका परिवारलाई विद्युतको उपयोगमा सहुलयत दिनुपर्ने उहाँको धारणा रहेको छ । घर-घरमा बिुजुली र जन-जनमा शेयरको नीति अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनता र सरकारको संयुक्त लगानी अभिवृद्धि र प्रवद्धन गर्न स्वदेश तथा प्रवासमा रहेका नेपाली नागरिक तथा गैर-आवसीय नेपाली नागरिकलाई ४९ प्रतिशत शेयर खरिद गर्न पाउनुपर्ने व्यवस्था मिलाउन पनि उहाँले माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

करेन्ट चाउचाउ विवाद : गुणस्तरहीन पुष्टि भएपछि यशोधा फुड्सको स्वीकारोक्ति, तर दोष घामलाई !

दुर्गा प्रसाईं पक्राउ

सम्बन्धित

म दर्तै गर्दिनँ भन्ने छुट र सुविधा सर्वोच्च अदालत प्रशासनलाई छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

सर्वोच्चमा मल्ल–शर्मा प्रकरणले न्यायालयमा तरंग, रिट दर्ता रोकिएको आरोपपछि कामु प्रधानन्यायाधीश मल्लको कडा हस्तक्षेप

१०० पछि १५० विकेटमा पनि सन्दीपको रफ्तार, विश्व क्रिकेटमा नयाँ इतिहास

कामु प्रधानन्यायाधीश मल्ल – “अदालतको ढोका थुन्नु न्यायको बाटोमा अवरोध र अराजकता हो”

रोकेका रिट तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीशको कडा आदेश

मर्यादित भएर गतिविधि गर्न सांसदहरुलाई सभामुख अर्यालको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com