ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा निर्वाचनमा २१ दल मध्ये ८ दलले प्रस्तावक र समर्थक बिनै दर्ता गराए


एबीसी न्यूज
पुस २९, २०७४ शनिबार   ९ : २८   बजे

काठमाडौं, २९ पुस । माघ २४ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा मतदाता नै नभएका दलले समेत दल दर्ता गराएका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि १५ दिने सूचना निकालेर दल दर्ताको लागि आह्वान गरेकोमा २१ राजनीतिक दलले दल दर्ता गराएका हुन । तर, ती मध्येमा ८ दलले भने प्रस्तावक र समर्थकबिनै दर्ता गराएका हुन् ।

राष्ट्रिय सभाको निर्वाचनमा मतदाता हुन प्रदेशसभाको सांसद र स्थानीय तहका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष रहने व्यवस्था छ । राष्टिय सभा निर्वाचनमा दल दर्ता गराएका ८ दलले एक सिट पनि जितेका छैनन् । शाखा अधिकृत धर्मचन्द्र तिमिल्सिनाले स्थानीय तह र प्रदेश तहमा एक सिट पनि नजितेका दलले समेत निर्वाचनका लागि दल दर्ता गराएको बताए ।

यसरी मतदाता नै नभएर दर्ता गराएका दलमा नेपाल परिवार दल, वहुजन समाजवादी पार्टी, नेपाली जनता दल, गान्धीवादी पार्टी, नेपाल परिवार दल, वहुजन शक्ति पार्टी, नेपाल नौलो जनवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल दल रहेका छन् ।
शाखा अधिकृत तिमिल्सिनाले भने, ‘ती दललाई थाहा नभएर दल दर्ता गराउन आएका हुन्,’ उनले अगाडि भने, ‘उम्मेदवारी दिँदा प्रस्तावक र समर्थक नपाएपछि उनीहरूको दलको निर्वाचनमा कुनै औचित्य हुँदैन ।’

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टीले दल दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय सभाको निर्वाचनको लागि दल दर्ता गर्नेमा नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।

केही दलले भने निश्चित प्रदेशको लागि राजनीतिक दल दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाले प्रदेश नंं ४ र ५, नेमकिपाले प्रदेश नंं ३, नेपाल संघीय समाजवादी फोरमले प्रदेश नम्बर २, राजपाले प्रदेश नम्बर २ र ७ का लागि मात्र सहभागी हुने भनेर दल दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

मनसुन शुरु भएसँगै इलाम सम्पर्कविहीन हुने उच्च जोखिममा

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group