ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा १६ लाखले लगाए कोरोनाविरुद्धको खोप


एबीसी / संवाददाता
माघ २१, २०७८ शुक्रबार  ५ : १७ बजे

बैतडी, २१ माघ । सुदूरपश्चिम प्रदेशमा हालसम्म १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लामा हालसम्म १६ लाख ६ हजार ६७३ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका छन् । खोपको पूर्ण मात्रा भने ११ लाख चार हजार ९४६ जनाले लगाएका छन् ।

प्रदेशमा सबैभन्दा बढी कैलालीमा चार लाख ७२ हजार ९७४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने तीन लाख ५५ हजार ७२० जनाले पूर्ण मात्रा लगाएका छन् । यस्तै सबैभन्दा कम डडेल्धुरामा ६५ हजार ६०७ जनाले पहिलो तथा ५९ हजार ५५७ जनाले खोपको पूर्ण मात्रा लगाएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै कञ्चनपुरमा तीन लाख ४२ हजार ६५१ जनाले पहिलो र दुई लाख ४४ हजार २५१ जनाले पूर्ण मात्रा, बैतडीमा एक लाख ५२ हजार ६२९ जनाले पहिलो र ९४ हजार १८३ जनाले पूर्ण, अछाममा एक लाख ३७ हजार ४५२ जनाले पहिलो र ९१ हजार २१ जनाले पूर्ण, बाजुरामा एक लाख २४ हजार ९२५ जनाले पहिलो र ७४ हजार ३४५ जनाले पूर्ण, डोटीमा एक लाख २० हजार ५७२ जनाले पहिलो र ६५ हजार ५७५ जनाले पूर्ण, बझाङमा ९९ हजार ८४४ जनाले पहिलो र ५६ हजार ३८ जनाले पूर्ण तथा दार्चुलामा ९० हजार १९ जनाले पहिलो र ६२ हजार २५६ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

सुदूरपश्चिममा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, जोनसन, भेरोसेल र फाइजर खोप लगाइएको छ । बाह्र वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीका अनुसार प्रदेशका सबै जिल्लामा हाल खोप अभियान जारी छ । यसअघि छुटेका सबैलाई खोप लगाउन अनुरोध गरिएको जोशीले बताउनुभयो । सुदूरपश्चिममा हालसम्म चार लाख ८२ हजार ४१७ जनाको कोरोना परीक्षण गरिएकामा ५८ हजार ४५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट प्रदेशमा ६२५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

देउवाको गृहजिल्ला डडेलधुरामा बालेन : “सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई!”

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

देउवाले टिकट नपाएपछि चुनाव नलड्ने घोषणा गरे

सुदूरपश्चिमका १६ नेकपा उम्मेदवार टुंगो, कुन समूहका कति ?

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com