ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलि संसद बैठक बस्दै, के छ कार्यसूची ?


एबीसी / संवाददाता
मंसिर २७, २०७८ सोमबार  ७ : २६ बजे

काठमाडौँ– संसदको दशौं अधिवेशन मंगलबार सुुरु हुँदैछ । दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले सोमबार सार्वजनिक गरेको छ ।

संसद सचिवालयले मंगलबारको प्रतिनिधिसभा बैठकमा ६ वटा अध्यादेश पेस गर्ने कार्यसूची सार्वजनिक गरेको छ। संसद अधिवेशन नचलेको समयमा सरकारले ल्याएका अध्यादेश अधिवेशनको पहिलो बैठकमै पेस गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार मंगलबार ६ वटा अध्यादेश पेस गरिने कार्यसूची बनाइएको हो । गृहमन्त्री बालकृष्ण खाणले ‘पाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस गर्ने कार्यसूची छ ।

भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेणुकमारी यादवले रेल्वे अध्यादेश, २०७८, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्ने कार्यसूची छ । दिउँसो २ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । त्यसपछि बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गर्ने घोषणा गरिसकेको छ भने सत्तारुढ पार्टी नेपाली कांग्रेस महाधिवेशनमा छ । मंगलबारसम्म कांग्रेसको महाधिवेशन सम्पन्न हुने सम्भावना छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

को हुन् सुमन सायमी ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

चीनको ऐतिहासिक व्यापार अधिशेष : विश्व बजारमा निर्यातको बाढी

जेफ बेजोसले कुन खेल खेलिरहेका छन् ?

विद्यार्थीलाई पूरै किताब पढ्न दिनुहोस्। यसले उनीहरूको जीवन बदल्न सक्छ।

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com