ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता, भीम रावलसँग प्रतिस्पर्धा हुने


एबीसी / संवाददाता
मंसिर १३, २०७८ सोमबार   ६ : ०४   बजे

काठमाडौं । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै निश्चित भएको छ ।
हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो । तर रावलले प्रस्ताव अस्वीकार गर्दै उम्मेदवारी दिनुभएको छ । रावललाई मनाउने प्रयास असफल भएपछि आज निर्वाचन हुदैछ । निर्वाचन प्रक्रिया हिजै सुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ । ओलीले सहमतिको प्रस्ताव भन्दै ३ सय १ सदस्यीय केन्द्रीय कमिटीको नाम पेस गर्नुभएको छ । गएरातिको बन्द सत्रमा नाम पेस गर्दै उहा“ले यो सूचीमा आपत्ति हुनेका लागि चुनाव लड्ने बाटो खुल्ला राखेको जानकारी दिनुभयो । ओलीले यो सूचीमा नपर्नेहरूलाई मनोनयनबाट ल्याउने आश्वासन पनि दिनुभएको छ । यस्तै ओलीले सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेलको नाम प्रस्ताव गर्नुभएको छ ।

यस्तै ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव गरिएको छ । त्यस्तै ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई प्रस्ताव गरिएको छ । सात जना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्ताव भएको छ । नेताहरु भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरूको विरोधकाबीच ओलीले राति भएको बन्द सत्रमा यो प्रस्ताव ल्याउनुभएको हो । तर प्रस्तावित नाम अनुमोदन भने भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group