ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जहाजसँगै उडान संख्या थप्दै कम्पनीहरु, टिकट अभाव नहुने


एबीसी / संवाददाता
भाद्र २८, २०७८ सोमबार  ११ : ५७ बजे

काठमाडौं । विगतका वर्षहरुमाजस्तै यस वर्षको दशैं तिहार र छठ पर्वको समयमा हवाइ यात्रुका लागि टिकटको समस्या नहुने भएको छ । वायूसेवा सञ्चालक संघ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान संख्या थप गरी यात्रुलाई सहजरुपमा टिकट पाउने व्यवस्था गर्ने तयारी गरेको विमानस्थलका महाप्रवन्धक प्रतावबहादुर तिवारीले जानकारी दिनुभयो ।

कोरोना महामारी कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक उडान थप गर्दै हाल १०७ वटासम्म उडान गर्दैआएको छ । संक्रमणको दरमा कमी आएकाले दशैंमा उडानहरु थप गरी यात्रुहरुलाई सहज रुपमा टिकट पाउने व्यवस्था मिलाउने समेत उहाँले बताउनुभयो । विमानस्थलको यस अघिको तथ्याङक हेर्दा दैनिक ३०० वटा सम्म आन्तरिक उडान गरेको पाइएको छ । विमानस्थल हाल १८ घण्टा सञ्चालन हुँदैआएको छ । हाल नेपालमा नौ वटा हवाइ कम्पनीको ३८ वटा जहाजले नियमित रुपमा आन्तरिक उडान र आन्तरिकतर्फ नै १० वटा हेलिकप्टर कम्पनीका ३३ वटा हेलिकप्टरले हवाइ सेवा दिदैआएका छन् । श्री एयरको दुई वटा र सञ्चालनको तयारीमा रहेका गुण एयरको सात वटा जहाज गरी ९ वटा जहाज समेत थप हुने तयारीमा छ ।

वायूसेवा सञ्चालक कम्पनीहरुले समेत उडान थप गरी सस्तो सुलभ दरमा आकर्षक छुटसहित सेवा दिने गरी कार्यक्रम ल्याउने तयारी थालेको जनाएको छ । सुगम क्षेत्रका सबै विमानस्थलमा एटिआर ७२ जहाज पुगेकाले यात्रुलाई टिकटको समस्या नहुने र भएमा उडान संख्या समेत थप गरी सेवा दिने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । ठूला जहाज भएकाले सीट क्षमता प्रसस्तै छ, हामीले उडान संख्या पनि बृद्धि गरेकाले दशैं तिहार र छटमा टिकटको समस्या नहुने बुद्ध एयरका कम्युनिकेस म्यानेजर दिपेन्द्र कर्णले बताउनुभयो ।

कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा २०२० मा आन्तरिक हवाइ यात्रुको संख्या ५९।४६ प्रतिशत र अन्तर्राष्ट्रिय हवाइ यात्रुको संख्या ७३।२७ प्रतिशतले घटेको नागरिक उडड्यन प्राधिकरणको तथ्याङक छ । दुर्गम क्षेत्रमा उडान भर्दै आएकामध्ये नेपाल एयरलाइन्सको दुई, तारा एयरको तीन, सीता एअरको तीन र समिट एयरको चार वटा जहाजले थप उडान संख्या बृद्धि गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com