ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्षाका कारण पुल भत्किन थालेपछि कास्कीमा त्रास बढ्यो


एबीसी / संवाददाता
भाद्र १५, २०७८ मंगलबार  २ : ०१ बजे

पोखरा  १५ भदौ :
वर्षासँगै खोलाले गरेको कटान र माटो खस्ने क्रम बढेपछि कास्कीको पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहँुको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग नै भत्कन थालेको छ ।

गत वर्षदेखि नै जोखिममा परेको सो पुललाई समयमा नै व्यवस्थापन तथा मर्मत नगर्दा पुलको जग नै भत्कन थालेपछि आवतजावतमा समेत असहज भएको छ । सेराबँेसी युवा क्लबका पूर्व अध्यक्ष एवं सेराबँेसी टोल विकास संस्थाका सचिव किशोर घिमिरेका अनुसार केही दिनयताको लगातारको वर्षासँगै कटान र माटो झर्ने क्रम निरन्तर हुँदा पुलको मालेपाटनतर्फको जग नै धरापमा परेको छ ।

जग नै भत्कन थालेपछि आवतजावत गर्नसमेत त्रास भएको बताउँदै उहाँले यसतर्फ तत्काल राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो । हरेक वर्ष खोलाले पुलको किनारा कटान गर्दै गएको भए पनि यसतर्फ खासै चासो नदिएका कारण थप जोखिम बढेको जानकारी दिँदै उहाँले जोखिमका बाबजुद विकल्प नै नभएपछि सर्वसाधारण आवतजावत गर्न बाध्य भएको बताउनुभयो ।

नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित पुलको लम्बाइ ११९ मिटर छ । कूल रु ४१ लाख २५ हजार ५२८ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको बाढीले कटान गरेपछि जोखिममा पर्दै गएको हो । कास्की पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकलगायतका स्थानका बासिन्दाका लागि आवतजावतमा बहुउपयोगी बनेको पुल जोखिममा परेका कारण तत्काल अन्य वैकल्पिक उपायको खोजी हुनु अपरिहार्य भएको उहाँको भनाइ छ ।

कास्कीको मालेपाटनतर्फको पुलको जगमा धेरै समस्या देखिएको बताउँदै उहाँले यस सम्बन्धमा कास्कीको पूर्वाधार विकास कार्यालयका साथै सम्बन्धित जनप्रतिनिधिलाई समेत जानकारी गराइएको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रवीचन्द्र पौडेलले जानकारी दिनुभयो । पुलको अभावमा मालेपाटनका साथै तनहुँका सेराबेँसीलगायतका यस क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित हुने भएकोले यसतर्फ बेलैमा सबैको ध्यान जानु आवश्यक भएको उहाँले बताउनुभयो ।
———

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

सिरहामा गोली प्रहार गरी युवकको हत्या

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com