काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले समाजवादी दर्ता गराउन लागेका माधव नेपाललाई साथ दिने बताउनुभएको छ । तत्कालीन नेकपा फुट्दादेखि नै आफूले अघि बढाएको पार्टी एकता अभियानको भर्चुअल बैठकलाई बिहीबार सम्बोधन गर्दै उपाध्यक्ष गौतमले अब आफूले नेपाल नेतृत्वको एमाले समाजवादीलाई साथ दिने बताउनुभएको हो । अब पार्टी एकता अभियानलाई तीव्र बनाउने योजनामा छु भन्दै गौतमले सँगसँगै अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
सम्बोधनका क्रममा गौतमले अब ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने पनि जिकिर समेत गर्नुभयो । आफूहरुसँग अब एमालेबाट विद्रोह नै विकल्प रहेको उल्लेख गर्दै उहाँले नयाँ पार्टीलाई अहिलेको एमालेभन्दा शक्तिशाली बनाउने अभियानमा लाग्ने र त्यसपछि पार्टी एकतामा जोड दिने बताउनुभयो ।


















प्रतिक्रिया दिनुहोस्