ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 बौद्धिक अपाङ्ग पुनस्र्थापना केन्द्रलाई सहयोग


एबीसी / संवाददाता
भाद्र १, २०७८ मंगलबार  १ : ५१ बजे
 काभ्रे , १ भदौ :
 काभ्रे सेवा समाज (कासेस) ले कोभिड–१९ सहयोगअन्तर्गत पाँचखाल नगरपालिका–११ खरेलथोकस्थित बौद्धिक अपाङ्ग पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको छ । समाजलाई इन्भाष्ट ग्लोबल अष्ट्रेलियाबाट प्राप्त सहयोग रकमबाट केन्द्रलाई रु दुई लाख ५० हजार सहयोग प्रदान गरिएको हो ।
केन्द्रको छात्रावास खरेलथोक, स्वाँरामा आयोजित कार्यक्रममा समाजका सल्लाहकार एवं पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र समाज अध्यक्ष नारायणसिंह महतले संयुक्त रुपमा सो रकम केन्द्रका अध्यक्ष केवलप्रसाद सिग्देललाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा समाजका सल्लाहकार खरेलले बौद्धिक अपाङ्ग भएका बालबालिकालाई सहयोगको आवश्यकता पर्ने भएकाले केन्द्रमा हाल आश्रितलाई दैनिक खाना–खाजामा सहयोग पुगेको बताउनुभयो ।
समाजका अध्यक्ष महतले कोभिड–१९ को लहर फैलिएलगत्तै विभिन्न दाताको समन्वयमा काभ्रे जिल्लाका लागि राहत र सहयोगका लागि समन्वय गरिरहेका बताउँदै कोभिड–१९ राहत सहयोगअन्तर्गत बौद्धिक अपाङ्ग भएका व्यक्तिलाई सहयोग दोस्रो कार्यक्रम भएको बताउनुभयो । उहाँले केन्द्रलाई तत्कालै सहयोगस्वरुप रु पाँच हजार र पनौती नपा–५, ढलमलेका जनस्वास्थ्यकर्मी रञ्जुसिंह थापाले रु तीन हजार प्रदान गर्नुभएको थियो ।
यस्तै वडामध्ये शिवशरण तामाङले केन्द्रलाई रु २५ हजार प्रदान गर्नुभएको छ । केन्द्रका कोषाध्यक्ष रमेश खरेल र सचिव एवं शिक्षिका सुधा खरेलले अन्य खाले अपाङ्गताभन्दा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको पुनस्र्थापना जटिल हुने अनुभव सुनाउनुभयो । २०५८ सालमा स्थापित केन्द्रमा हाल २६ विद्यार्थी, शिक्षक र सुसारे छन्  ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

सिरहामा गोली प्रहार गरी युवकको हत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com