ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मती प्रदेश युवा परिषद्ले पूर्णता पायो


एबीसी / संवाददाता

वाग्मती, २८ साउन  :
सामाजिक विकासमन्त्री अध्यक्ष तथा एक जना कार्यकारी उपाध्यक्ष रहने वाग्मती प्रदेश युवा परिषद्ले पूर्णता पाएको छ ।यसअघि कार्यकारी उपाध्यक्षको मात्रै नियुक्ति भएको थियो ।  प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले परिषद्का नवनियुक्त सदस्यलाई आज शपथ ग्रहण गराउनुभयो । मन्त्रालयले परिषद् सदस्यमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, वसन्त न्यौपाने, छोटी लामा, सुदीप गौतम, प्रिती श्रेष्ठ र डालिया नेपालीलाई नियुक्त गरेको र आज नवनियुक्त सबै सदस्यले शपथ ग्रहण गरेको प्रदेश युवा परिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश युवा परिषद् ऐन २०७६ अनुसार मन्त्रालयले उपाध्यक्षसहित युवाको हकहितको संरक्षणमा योगदान पु¥याएका महिला कम्तीमा तीन जनासहित छ जना र उद्योग, श्रम, कृषि, खेलकूद, विज्ञान प्रविधि, सूचना, सञ्चार, वातावरण, साहित्य तथा कलाक्षेत्रबाट प्रतिनिधित्व हुने गरी चार जना र लैङ्गीक तथा यौनिक अल्पसङ्ख्यकमध्येबाट एक जना गरी ११ जना सदस्य मनोनीत गर्ने व्यवस्था छ ।
मन्त्रालयले सोही ऐनअनुसार गत असार ४ गते परिषद्को कार्यकारी उपाध्यक्षमा सन्तोष चौलागाईंलाई नियुक्त गरेको थियो । शपथ ग्रहण कार्यक्रममा प्रदेशका सामाजिक विकासराज्यमन्त्री डा रामकुमार अधिकारीलगायत मन्त्रालयका कर्मचारीको उपस्थिति रहेको थियो । यसअघि आजै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश युवा परिषद्को कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
 सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले नेपालमै युवा स्वरोजगारको उचित व्यवस्थापन गर्नुपर्ने रहेको बताउनुभएको छ । हेटौँडास्थित मन्त्रालयमा वाग्मती प्रदेश युवा परिषद्का नवनियुक्त मनोनीत सदस्य लागि आज आयोजित शपथ ग्रहण कार्यक्रममा मन्त्री बस्नेतले यस्तो बताउनुभयो  ।
सो अवसरमा मन्त्री बस्नेतले नवनियुक्त मनोनीत सदस्यलाई स्वरोजगारमुखी चिन्तनका साथ अघि बढ्न र कार्यक्रमम गर्न सुझाव दिनुभयो । यस्तै मनोनीत सदस्यले प्रदेशका सबै जिल्लाका युवाको समस्यालाई समेट्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
गत असार ४ गते परिषद्को उपाध्यक्षमा सन्तोष चौलागार्इं नियुक्त हुनुभएको भए पनि सदस्यको नियुक्ति नहुँदा परिषद्ले पूर्णता पाउन सकेको थिएन । यसअघि आजै नै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलद्वारा परिषद्को कार्यालय उद्घाटन भइसकेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com