ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट


एबीसी / संवाददाता
श्रावण २१, २०७८ बिहीबार   ७ : २२   बजे

काठमाडौं । धितोपत्र बजारमा लगातार उकालो लागिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने थामिएको छ । लगातार कीर्तिमान बनाउँदै उकालो लागेको नेप्सेमा आज ‘दोहोरो अङ्क’ को करेक्सन देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६ अङ्कले घटेर तीन हजार १०७.४५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६४ ले उकालो लागेर ५७९ मा पुगेको छ ।

नेप्से ओरालो लागे पनि कारोबार रकम भने १४ अर्बमा नै कायम रहेको छ । कूल २२६ कम्पनीको दुई करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर रु १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ०.१२ र विकास बैंक १०८.६९ बिन्दुले बढ्दा व्यापार ४५.२७, होटल तथा पर्यटन ४३.५८, जलविद्युत् ७६.२४, वित्त २२.८९, निर्जीवन बीमा ४९.९७, उत्पादन ९०.८२, अन्य १७.४१, लघुवित्त ३४.८२, जीवन बीमा ५३.१७, सामूहिक लगानी कोष ०.०१ र लगानी १.६८ बिन्दुले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिनपछि बजार बन्द हुँदा रु ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख ६१ हजार ५६४ बराबर पुगेको छ ।
कारोबारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६५ करोड ३० लाख ६१ हजार २९६ बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु ५८ करोड ४२ लाख ४७ हजार ८५७, अरुण भ्याली हाइड्रोपावर रु ४९ करोड १७ लाख ६० हजार ६०४, फस्ट माइक्रोफाइनान्स रु ३१ करोड ७३ लाख ६१ हजार ३०१ र अरुण काबेली पावर रु २८ करोड ६७ लाख ३४ हजार ४३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्त, युनिभर्सल पावर ६.७९, बरुण हाइड्रोपावर ५.३२, रिडी हाइड्रोपावर ५.१३, शिव श्री हाइड्रोपावर ५.०७ र युनाइटेड मोदीका लगानीकर्ताले ५.०४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group