ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस कार्यकर्ता तीन सातादेखि धर्नामा


एबीसी / संवाददाता

काठमाडौं । क्रियाशील सदस्यता वितरण र नवीकरणमा धाँधली भएको जनाउँदै कांग्रेस कार्यकर्ताहरू तीन सातादेखि धर्ना दिँदै आएका छन् । बारा र रौतहटका एक सयभन्दा बढी कार्यकर्ताहरू पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् ।

विवाद समाधानको माग गर्दै धर्नामा बस्दै आएका दुवै जिल्लाका कार्यकर्ताले मागको सुनवाई नभएसम्म धर्ना जारी राख्ने बताएका छन् । पार्टीको १३औँ महाधिवेशनमा सक्रिय रहेका कार्यकर्ताको सदस्यता नवीकरण गर्नुको सट्टा नयाँ व्यक्तिलाई सदस्यताको सिफारिस गरिएको पार्टीका नेता एवं संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादवले बताउनुभयो । “वडाबाट नयाँ सदस्यताका लागि सिफारिस गरिएका व्यक्तिको नाम हटाएर अर्कैलाई सिफारिस गरिएको पाइयो”, पार्टी कार्यालय सानेपामा विगत २२ दिनदेखि धर्नामा बस्दै आउनुभएका यादवले भन्नुभयो, “फारममा एउटाको नाम छ, कम्प्युटरमा फरक व्यक्तिको नाम दर्ता भएको छ, यो त सरासर अवैधानिक काम हो ।”

बारा क्षेत्र नं २ मा ४४ वडामध्ये २२ वटा वडामा कार्यकर्ताले क्रियाशिल सदस्यस्यताको फारम नै नपाएको नेता यादवको गुनासो छ । “फारममा कतिपयको नाममा टिपेक्स लगाएर अर्कैको नाम लेखेको सम्म गरेको पाइएको छ”, उहाँले भन्नुभयो । पार्टीको शीर्ष नेतृत्वले विवाद समाधान गर्न आश्वासन दिएको यादवले बताउनुभयो । पार्टीको अधिवेशनलाई ध्यान दिनुभन्दा संसदीय निर्वाचनको ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । संसदीय निर्वाचनमा बाराको चार वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा मात्र कांग्रेस विजयी भएको थियो । सो क्षेत्रबाट उमाकान्नत चौधरी निर्वाचित हुनुभएको थियो । बारासँगै रौतहटका कार्यकर्तासमेत सानेपामा अनशनमा बस्दै आएका छन् । रौतहट क्षेत्र नं १ का नेता बज्रकिशोर सिंह पार्टीमा पुराना कार्यकर्तालाई अन्याय भएको बताउनुहुन्छ । “पार्टीको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा पुराना कार्यकर्तामाथि अन्याय भएको छ”, अनशनमा भेटिनुभएका उहाँले निराशा व्यक्त गर्दै भन्नुभयो, “पार्टीमा प्रतिबद्ध र सिद्धान्त बुझेका कार्यकर्तालाई अपहेलना गर्ने काम भएको छ, त्रुटी नसच्याउँदासम्म हामी घर फर्किन्नौँ ।” कतिपय ठाउँमा पार्टीको वडासभापतिले सदस्यता फारम नै नपाएको पूर्वस्वास्थ्य राज्यमन्त्री रहिसक्नुभएका सिंहले दुःखेसो गर्नुभयो ।

विवाद उत्पन्न भएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फागुन ६ गते बसेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी रहेको समिति गठन गरेको थियो । समितिले बिहीबार थप परिमार्जनसहितको प्रतिवेदन बुझाइसकेको छ । सदस्यता विवाद मिलाउन कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बिहीबार बसेको बैठकले पार्टीको नेतृत्व तहलाई पाँच दिनको समय दिएको छ । विवाद समाधानका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल हुँदै आएको छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । कांग्रेसमा १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com