ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुनःनिर्माणका लागि निःशुल्क र सशुल्क काठ वितरण


sharan sharan

बनेपा, १६ पुस । भूकम्पपीडितका लागि जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहले निःशुल्क र स–शुल्करुपमा काठ वितरण गरेका छन् ।

 

उपभोक्ताको माग र वन समूहको क्षमताअनुसार केही ठाउँमा निःशुल्क र केही ठाउँमा सशुल्क काठ वितरण भएको वन उपभोक्ता महासंघका जिल्लाअध्यक्ष विनोद सापकोटाले जानकारी दिनुभयो ।

उहाँले एउटा रुखका लागि न्यूनतम रु २५० देखि ३०० सम्म शुल्क लिएको उल्लेख गर्दै जिल्लाको ढुङ्खर्क, चौबासलगायतका क्षेत्रमा भूकम्पपीडितले पुनःनिर्माणका लागि काठ लगेको बताउनुभयो ।

जिल्ला वन कार्यालयका अनुसार चालू आव २०७३÷७४ मा ७१६ घरधुरीलाई ३२ हजार ७४८ क्युफिट काठ पुनःनिर्माणका लागि वितरण गरिएको छ ।
सो काठमध्ये २१५ घरधुरीलाई नौ हजार ५०० क्युफिट निःशुल्क र ५०१ घरधुरीलाई रु १३ लाख ५९ हजार १७१ बराबरको २३ हजार २४७।८७ क्युफिट काठ वितरण भएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वन उपभोक्ता समूहको फरक फरक मापदण्डअनुसार उपभोक्तालाई घर बनाउन काठ वितरण गरिएको छ ।”

त्यस्तै आर्व २०७२÷७३ मा पनि विभिन्न सामुदायिक वन उपभोक्ता समूहले २४ हजार ८४ क्युफिट काठ उपभोक्तालाई वितरण गरेका छन् । वन समूहले वितरण गरेको काठ धेरैजसो सल्लाको भएको बताइएको छ । अहिले जिल्लामा काठ वितरण भएको छैन । पाँचसय सत्तरीको हाराहारीमा सामुदायिक वन उपभोक्ता समूह रहेको काभ्रेपलाञ्चोकमा पुनःनिर्माणका लागि काठ उपलब्ध गराइदिन भन्दै झण्डै १४ हजारले जिल्ला वन कार्यालयमा आवेदन गरेका थिए ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com