ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुडानले २ राज्यमा संकटकाल लगायो


sharan sharan
पुस १६, २०७४ आईतबार  १० : ११ बजे

कातुम- सुडानले उत्तरी २ राज्यमा ६ महिनाका लागि संकटकाल घोषणा गरेको छ।

सुडानले यसअघि नै द्वन्द्वको चपेटामा परेका अन्य ७ राज्यमा समेत संकटकाल लगाउँदै आएको छ।

सुडानका राष्ट्रपति ओमार अल बासिरले उत्तरी कोर्दोफान र कसला राज्यमा ६ महिनाका लागि संकटकाल लगाएको सरकारी सञ्चार माध्यम सुनालले राष्ट्रपति कार्यालयलाई उद्धृत गरी जनाएको छ।

कसला इरिट्रियाको सीमानामा पर्ने सुडानी राज्य हो भने कोर्दोफान मध्य क्षेत्रमा पर्छ।

राष्ट्रपतिको कार्यालयबाट जारी एक विज्ञप्तिमा भनिएको छ, ‘उत्तरी कोर्दोफानमा आगामी ६ महिनाका लागि संकटकाल लगाउने निर्णय भएको छ।’ सुनालले विज्ञप्तिमा संकटकाल लगाउनुपर्ने कारणबारे केही नबताइएको पनि समाचारमा उल्लेख गरेको छ।

सुडानमा सरकार र विद्रोहीबीच सन् २०११ देखि कोर्दोफान र क्लु नाइल क्षेत्रमा युद्ध जारी छ भने द्वन्द्वका कारण हजारौं नागरिक तथा सुरक्षाकर्मीले ज्यान गुमाएका छन्।

सुडानका राष्ट्रपतिले गरेको घोषणा कार्यान्वयन गर्न २ हप्ताभित्र यहाँको संसदले अनुमोदन गर्नु जरुरी छ। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com