ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधिहरुको आरोप : ‘सरकारले स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न दिएन’


admin

-मेयरमा विजयी चिरिबाबु महर्जन विजयी जुलुसमा

काठमाडौं २६ असार ।  १५ वर्ष लामो प्रतिक्षापछि स्थानीय तहले जनप्रतिनिधि पाएको छ । त्यो पनि संघीय संरचना अनुसारको जनप्रतिनिधि चुनिएका छन् । डेढ दशक लामो अस्तव्यस्ततापछि जनप्रतिनिधि पाएपछि विकासले गति लिने आशा धेरैले गरेका छन् ।

अधिकारसहित निर्वाचित जनप्रतिनिधि निर्वाचन भएको भनिए पनि जनप्रनिनिधिहरुले भने सरकारले स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न नदिएको आरोप लगाएका छन् ।

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले आफुहरुलाई सरकारले स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न नदिएको आरोप लगाएका छन् । संघीय संरचना अनुरुप सिंहदरबारमा केन्द्रिकृत अधिकार स्थानीय तहमा गएको भन्ने भनाइ प्रचारवाजीमा मात्रै सीमित भएको भन्दै उनीहरुले आफुहरुको अधिकारलाई सरकारले संकुचित गरेको आरोप लगाएका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट जारी गरिएको स्थानीय तहको सेवा संचालन तथा व्यवस्थापन सम्बन्धी आदेश तत्काल फिर्ता लिन पनि उनीहरुले चेतावनी दिएका छन् ।

व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा ललितपुर उपमहानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पञ्चायतकालको झल्को दिने गरी सरकारले अझै पनि स्थानीय निकायलाई आफ्नो नियन्त्रणमा राख्ने ढंगले आदेश दिएको भन्दै सो आदेश तत्काल फिर्ता लिनुपर्ने बताए ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन लगत्तै स्थानीय सरकारको रुपमा निर्वाचित भएका पदाधिकारीले सामाजिक सुरक्षा भत्ता, पदाधिकारीको सेवा सुविधा लगायतमा प्रतिष्पर्धात्मक निर्णय गर्न थालेपछि सरकारले वित्तीय व्यवस्थापनका लागि भन्दै आवश्यक ऐन नबन्दासम्मका लागि स्थानीय तहको सेवा संचालन तथा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको थियो ।

स्थानीय सरकारबीच अस्वस्थ प्रतिष्पर्धा चलेर कोषको दुरुपयोग हुनबाट जोगाउनका लागि सरकारले कार्यादेश जारी गरेको बताएपनि यसलाई निर्वाचित पदाधिकारीले आफुमाथि लागेको केन्द्रको अंकुश भन्दै आएका छन् ।

बैठकमा काठमाण्डौ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले सिंहदरबारमा केन्द्रिकृत भएको अधिकार स्थानीय तहमा आएको महशुस गराउने गरी आफुहरु काम गर्न तयार हुंदाहुदै पनि आवश्यक ऐन कानुन नभएकाले अप्ठ्यारो भएको बताइन् । साथै उनले स्थानीय तह संचालनका लागि आवश्यक ऐन नियम र निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिईनुपर्ने तर्क गरिन् ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले स्थानिय शासन संचालन सम्बन्धमा आवश्यक ऐन नियम नआउदा, काम कर्तव्य, अधिकार लगायतमा अन्यौल छाउनुको साथै निर्वाचित पदाधिकारीले पाउने बैठक भत्ता तथा पारिश्रमिकमा पनि स्पष्ट नहु“दा समस्या भएको बताए ।

समितिले नया“ संरचनामा स्थानीय सरकारको काम कारवाहीलाई पारदर्शी, जनउत्तरदायी र भ्रष्टाचारमुक्त कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भमा केन्द्रीत भएर छलफल गर्न स्थानीय तहका निर्वाचित प्रतिनिधिलाई बोलाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com