ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकतामा साझा मनोविज्ञान समेट्दै दुई पार्टी


sharan sharan

काठमाडौं, १४ पुस   । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतामा पूर्वशर्त नराखी दुवै पक्षको मनोविज्ञानलाई सम्बोधन गरिने भएको छ ।

एकता प्रक्रिया वर्तमान समयको विशिष्ट कार्यभार रहेको निष्कर्षसहित दुवै पार्टीका नेताबाट कुनै शर्तभन्दा पनि सम्मानजनक र भावनात्मक पक्षलाई आत्मसात् गर्न जोड दिइएको हो ।

मूल राजनीतिक तथा सैद्धान्तिक विषयमा दुई वाम पार्टीबीच कुनै द्विविधा र आशंका नभएको तर सांगठनिक तथा नेतृत्वको कार्यविभाजनका विषय सहमतिमा हल गरेर जान एकता प्रक्रियामा सहभागी नेता सक्रिय छन् । एमालेले अँगाल्दै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले आत्मसात् गरेको ‘एक्काइसौँ शताब्दीको जनवाद’ को सैद्धान्तिक विचारको विषयमा समेत मतान्तर नभएको नेताहरुको टिप्पणी छ ।

राजनीतिक, सांगठनिक तथा तत्कालीन कार्ययोजना बनाएर एकता महाधिवेशनमार्फत हाल बाँकी रहेका विषय हल गर्ने तयारी दुवै पार्टीले गरेका छन् । निर्वाचनपूर्व गत असोज १७ मा दुई पार्टीबीच भएको चुनावी तालमेल र पार्टी एकताको घोषणादेखि नै एकता प्रक्रिया शुरु भएको नेताहरुको भनाइ छ । दुबै पार्टीले शीर्ष नेतासहित एकता संयोजन समिति गठन गरी आन्तरिक र आपसी छलफल गर्दै आएका    छन् ।

तत्कालका लागि एकता प्रक्रियाको समयबद्ध कार्ययोजनाका खाका तयार पार्ने, एकता महाधिवेशनबाट प्रक्रियालाई मूर्तरुप दिने र सरकार गठन गर्ने तयारी भइरहेको छ । मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न र आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नका लागि एउटै कम्युनिष्ट पार्टी बनाउने भन्ने विषयले दुवै पार्टीको नेता र कार्यकर्तामा मात्र होइन, जनस्तरमा समेत यसलाई चासोका साथ हेरिएको छ ।

एकता प्रक्रिया, सरकार गठन, नेताको कार्य विभाजनलगायत विषयमा दुवै पार्टीले आफ्ना अध्यक्षलाई जिम्मा दिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सहमतिका साथ ल्याउने एकताको खाकालाई स्वीकार्ने नेताहरुको भनाइ छ ।

अध्यक्ष ओली र दाहालबीच बुधबार द्विपक्षीय भेटवार्ता भएपछि एकता प्रक्रिया र सरकार गठनको तयारीले थप गति लिएको मानिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले सुविधाजनक बहुमतका साथ विजय हासिल गरेपछि पार्टी एकता र नयाँ सरकार गठनलगायतका विषयलाई दुई पार्टीले कसरी अगाडि बढाउलान् भन्ने प्रश्न र आशंका उत्पन्न भइरहेका छन् । तर त्यसलाई जनता र कार्यकर्ताबाट आएको सकारात्मक दबाबका रुपमा नेताहरुले लिएका छन् ।

पार्टी एकता प्रक्रियामा प्रारम्भदेखि नै क्रियाशील माओवादी केन्द्रका नेता जनार्दन शर्माले दुई पार्टीबीचको सहमतिलाई जनता र कार्यकर्ताबाट अनुमोदन प्राप्त भइसकेकाले माक्र्सवादका आधारमा अब विचार, संगठन र नेतृत्वका बारेमा टुंगो लगाउन मात्र बाँकी रहेको स्पष्ट पारे ।

नेता शर्माले साझा चुनावी घोषणापत्रमा नै आगामी कार्यक्रमबारे उल्लेख भएकाले त्यसकै आधारमा आगामी सरकारले काम गर्ने पनि बताए ।

निर्वाचन आयोगले परिणाम रोक्न मिल्दैन
विनाविभागीय मन्त्रीसमेत रहनुभएका नेता शर्माले निर्वाचन आयोगले राष्ट्रियसभाको अध्यादेश नआएको भन्ने नाममा प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम परिणाम रोकेर राख्न नमिल्ने पनि बताए ।

आयोगले प्रतिनिधिसभाका समानुपातिको अन्तिम परिणाम सार्वजनिक गर्न बाँकी छ । मन्त्री शर्माले राष्ट्रियसभाको विधेयकमा आफू गृहमन्त्री हुँदा बहुमतीय प्रणालीको व्यवस्था भए पनि पछि सरकारले अन्य दलसँग परामर्श नगरी एकलौटीरुपमा राष्ट्रपतिसमक्ष अध्यादेश पेस गरेकाले समस्या उत्पन्न भएको दाबी गरे।

उनले आयोगले परिणाम दिएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने र राष्ट्रियसभासम्बन्धी अध्यादेशको विवाद दलहरुको छलफलका आधारमा टुंगो लगाइने बताए।

“संविधानबमोजिम राष्ट्रियसभाको निर्वाचन हुनुपर्छ तर यसका नाममा आयोगले त्यसअघि भएका निर्वाचनको परिणाम रोक्न मिल्दैन”– उनले भने, “वाम गठबन्धनले बहुमत ल्याएपछि काँग्रेसले राष्ट्रियसभामा एकल संक्रमणीय प्रणालीको वकालत गरेको सन्देश दिनु पनि हुँदैन, उसले सबैसँग सहमति जुटाउन पहल गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com