ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नमूना विद्यालय निर्माणमा राष्ट्रिय बहस


एबीसी / संवाददाता


कर्णाली, ७ असार :
एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्यसमितिद्वारा आयोजित ‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशालाले नेपाली माटो र हावापानी सुहाँउदो शिक्षाका लागि निरन्तर लाग्ने संकल्प गरेको छ ।
आज सम्पन्न राष्ट्रिय कार्यशालामा राजनीतिक नेतृत्व, शिक्षाविद्, शैक्षिक अभियानकर्मी, शिक्षासँग सम्बन्धित सरोकारवालाले नमूना विद्यालय निर्माणमा राष्ट्रिय बहस थालनी भएको बताएका छन् ।
नेपालको शिक्षा नीति, नमूना विद्यालयको अवधारणा, ती विद्यालयले गरेका सफल अभ्यास, शैक्षिक नेतृत्व, मुलुक संघीय संरचनामा गएपश्चात् तीन तहका सरकारको दायित्व, समुदायको जिम्मेवारीका बारेमा उक्त कार्यशालामा सघन बहस भयो ।
शैक्षिक अभियानकर्मी श्रीमन्त भट्टराईले नमूना विद्यालय निर्माणको विषयमा अवधारणपत्र समेत सार्वजनिक गर्नुभएको थियो । उहाँले देशभरमा शुरु गरिएका नमूना विद्यालयमा धेरै व्यवस्थित हुन नसकेको बताउनुभयो । अभियान्ता भट्टराईले सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक अवस्था, भौतिक पूर्वाधार, जनशक्ति, राजनीतिले पारेको प्रभावका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले सामुदायिक विद्यालय शिक्षण प्रक्रिया राम्रो छैन भन्ने गलत बुझाइ तोड्न नमूना सामुदायिक विद्यालय सफल भएको बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले विद्यार्थीको रोजाइको विद्यालय हुनेगरी नमूना विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यशालाको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटा उद्घाटन गर्नुभएको थियो भने विभिन्न पार्टीले नेता एवं पूर्वशिक्षामन्त्रीले मन्तव्य दिनुभएको थियो ।
राष्ट्रिय कार्यशालामा देशैभरिका नमूना विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, स्थानीय तहका जनप्रतिनिधिले पनि आफ्नो विद्यालय, पालिकामा शिक्षा क्षेत्रमा भएका सफल अभ्यासबारे जानकारी दिनुभएको थियो । प्रस्तुतिहरुमा सिकाउने, विकाउने र टिकाउने शिक्षामा जोड दिइएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका जगत्ज्योति मावि बाँकेका शिक्षिका गणेशाय कार्कीले नमूना विद्यालयका लागि प्रधानाध्यापक, समुदाय र स्थानीय तहको विशेष योगदान हुने बताउनुभयो । यो कार्यशालाबाट शिक्षामा नयाँ विद्रोह शुरु भएको प्रतिक्रिया दिँदै शिक्षिका कार्कीले नीतिविनाको शिक्षा लगाम विनाको घोडा जस्तै हुने भएकोले सरकारले यसमा विशेष जोड दिनुपर्ने जनाउनुभयो ।
पद्मोदय मावि काठमाडौंका प्रधानाध्यापक नारायण गौतमले नमूना विद्यालयको अवधारणा, सञ्चालन, सामुदायिक विद्यालयको अवस्था र शिक्षा नीतिका बारेमा कार्यशालाले आगामी रोडम्याप तयार पार्न मार्ग प्रशस्त पारेको तर्क गर्नुभयो ।
शिक्षाविद् डा।चन्द्रकान्त पौडेलले २१औं शताब्दीमा शिक्षासँग सम्बन्धित चुनौतीको समाधान खोज्नुपर्ने र नेतृत्वदायी संस्थाको रुपमा नमूना विद्यालय विकास गर्नुपर्ने धारणाबाट राख्नुभयो । बेलायती नागरिक लर्ड मेकालेले निकालेका अवधारणाबाट नेपाललगायतका देशहरु औपनेवेशिक शिक्षाको शिकार भईरहेका अब आफ्नै मौलिकताको शिक्षालाई उत्पादनसँग जोड्ने शिक्षा नीति आवश्यक रहेको औंल्याउनुभयो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्ष शंकर अधिकारीले तीन दिनसम्म सञ्चालन भएको राष्ट्रिय कार्यशालाले श्रम, उत्पादन, सीप, बजार, आचारणसँग जोड्ने शिक्षालाई जीवनसँग जोडेर लैजाने निष्कर्षसहित ‘उत्कृष्ट विद्यालय निर्माण’को राष्ट्रिय बहस थालनी गरेको बताउनुभयो ।
———

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com