ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्वारेन्टाइनमा कसरी फिट एण्ड फाइन रहने


एबीसी / संवाददाता
असार ७, २०७८ सोमबार   ५ : १६   बजे

काठमाडौँ, ७ असार

लकडाउनका बेला स्वास्थ्यमा समस्या आयो भने के गर्ने रु धेरैका लागि यो टाउको दुखाईको विषय बनेको छ । किनभने अहिले घर बाहिर हिँडडुल गर्न सहज छैन । गाडी पाइँदैन । अस्पतालसम्म पुग्नै गाह्रो छ । अस्पतालमा उपचार गर्न पनि सजिलो छैन ।

घर र अस्पताल आउजाउ गर्दा कोरोना भाइरस भित्रिने जोखिम पनि छ । त्यसैले घरमै बसेर कसरी आफूलाई फिट एण्ड फाइन राख्ने भन्ने कुरामा सचेत रहन जरुरी छ । रोग किन लाग्छ रु यसको सोझो जवाफ हो, हाम्रो आफ्नै कमजोरीले । अर्थात खानपान, दिन चर्या आदिमा हुने गडबडीले ।

खासगरी हाम्रो यस्ता आनीबानी, जसले रोगी बनाउँछ । खासगरी बाह्य वातवरणीय कारणले पनि हामीलाई कमजोर बनाउँछ । कतिपय अवस्थामा बंशाणुगत कारण हामी रोगी बन्छौं । तर, त्यो भन्दा बढी चाहिँ हामी आफ्नै खराब जीवनशैलीको कारण रोगी बन्छौं ।

हुन त अहिले सर्बत्र संक्रमणको भय छ । अर्कोतिर हामीले खाने अधिकांश खानेकुरा विषाक्त छन् । घरमा दिनभर बस्दा शारीरिक क्रिया कम भएको पनि हुनसक्छ । त्यसैगरी एक किसिमको छटपटी पनि भएको होला । यी सबैले स्वास्थ्य चुनौती थपिदिएको छ ।

कसरी फिट एन्ड फाइन रहने

सादा खाना खाने

घरमा बसेको बेला वा पारिवारिक माहोलमा मीठो मसिनो खानेकुरा खान मन लाग्छ । समय कटाउनका लागि पनि कतिपयले मीठो मसिनो बनाएर खाने गर्छन् । तर, यतिबेला स्वास्थ्यको ख्याल भने राख्नैपर्छ । मीठो खाने चक्करमा पेटको समस्या आउन सक्छ ।

त्यसैले सुपाच्य खानेकुरा तथा सादा खाने कुरामा जोड दिनु राम्रो हो । खानेकुरा हतार नगरी राम्ररी चपाएर खानुपर्छ । साथसाथै बिस्तारै चपाएर खाना सेवन गर्दा ओभर डाइटिङबाट बचिन्छ । किनभने लामो समय लगाएर खाना खाँदा हतारमा खाएजस्तो धेरै मात्रामा खानेकुरा खाइँदैन ।

खनामा सागसब्जीलाई जोड दिने

हुन त होम क्वारेन्टाइनमा बसेको बेला सब्जीको रुपमा गेडागुडी खान सजिलो हुन्छ । किनभने यसलाई लामो समय राखेर खान सकिन्छ । तर, गेडागुडीमात्र सेवनगर्नु पनि उपयुक्त हुँदैन । सागसब्जी मिसाउनु पर्छ । अहिले सागसब्जीको सिजन पनि हो । सुरक्षित ढंगले खरिद गरेर ल्याइएको सागसब्जी खानामा समावेश गर्नुपर्छ ।

घरमै हिँडडुल गर्ने

घरमा एकै ठाउँ बसिरहने, टिभी हेरिरहने, मोवाइल चलाइरहने, सुतिरहने प्रवृत्तिले स्वास्थ्यमा समस्या ल्याउन सक्छ । त्यसैले घरमै बसेको बेला केही न केही काम गरौं । यताउता हिँडडुल गर्ने, बगैंचामा काम गर्ने गरौं । खाना पकाउने, घर सफा गर्ने, लुगाफाटो धुने जस्ता कामले पनि सक्रिय राख्छ ।

सुत्ने र उठ्ने तालिका बनाउने

अहिले धेरैको सुत्ने र उठ्ने तालिकामा गडबडी भएको हुनसक्छ । कार्यलय वाबाहिर जाननपर्ने भएकाले जतिबेला सुतेपनिहुने वाजतिबेला उठेपनिहुने भन्ने सोचाई हुनसक्छ । तर, सुत्ने र उठ्ने तालिकानियमितनहुँदा शरीरमा गडबडी हुन्छ । दैनिकी नै अस्तव्यस्त हुन्छ । त्यसैले निश्चित समय सुत्ने, निश्चित समयमा उठ्ने गरौं । कम्तीमा७वा ८ घण्टा मस्त निद्रालिऔं ।

मोबाइललाई विश्रामको साधन नबनाउने

अहिले धेरैको समय कटाउने बाहाना भएको छ मोवाइल । तर, हरक्षण मोवाइलमा लिप्त हुँदा स्वास्थ्य बिग्रिन्छ । दिसा पिसाब समेत रोकेर, भोक सहेर, एकै स्थानमा बसेर मोवाइल चलाइरहँदा स्वास्थ्य खराब हुन सक्छ । त्यसैले मोबाइललाई विश्राम दिनुपर्छ । मोबाइललाई विश्रामको साधन बनाउनु हुँदैन ।

ध्यान तथा योगागर्ने

घरमा बसेको बेला योग,ध्यान गरौं । नियमित व्यायामले शरीर चुस्त, तन्दुरुस्त हुन्छ । रक्त संचार सही ढंगले हुन्छ । व्यायामलाई दिनचर्याकै एक हिस्सा बनाउन सके धेरै किसिमको रोगले संक्रमण गर्दैन । किनभने नियमित व्यायामले शरीर स्वस्थ्य हुन्छ । शरीर स्वस्थ्यभएमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group