ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यास्ट्राइटिसबाट जोगिन के गर्नु पर्छ


एबीसी / संवाददाता

काठमाडौँ, ७ असार

जीवनशैली तथा खानपानका कारण ग्यास्ट्राइटिस हुन्छ । धूम्रपान, मद्यपान गर्नुका साथै विषाक्त, बासी, चिल्लो, पिरो एवं मसालेदार खानेकुरा खाँदा यो रोग लाग्छ । जाडो मौसममा चिसो धेरै हुने भएकाले चिया–कफीको सेवन बढी गरिन्छ । यसले पनि ग्यास्ट्राइटिस हुन्छ । चिकित्सकको परामर्शविना अनावश्यक औषधि, पेनकिलर आदि खाँदा पनि ग्यास्ट्राइटिसको सम्भावना बढ्छ ।
 हाम्रो पेटमा पुगेको खानेकुरा लगभग ४ घन्टापछि पेटबाट सानो आन्द्रामा जान्छ र पेट खाली हुन्छ । यता पेटमा पाचन रस निस्कने प्रक्रिया निरन्तर चलिरहन्छ । खानेकुराको अभावमा पाचनरसमा भएको एसिडले हाम्रो पेट वा आमाशयको भित्री झिल्लीमा असर गरेर उक्त झिल्ली सुन्निन्छ जसलाई ग्यास्ट्राइटिस भनिन्छ ।

 ग्यास्ट्राइटिसबाट जोगिन धूम्रपान तथा मद्यपान गर्नुहुँदैन । चिल्लो, पिरो, मसालेदार खानेकुरा तथा चिया–कफीको सेवन कम गर्नुपर्छ । ३–४ घन्टाको अन्तरमा खाना खाइरहनुपर्छ ।

 सफा तथा पौष्टिक खाना खानुपर्छ । खाना खाएको ४ घन्टामा पेट खाली हुने भएकाले बिहानको ब्रेकफास्ट बढी खानुपर्छ । ब्रेकफास्टका साथमा फलफूल पनि खान सकिन्छ ।

 पानी प्रशस्त मात्रामा पिएर ग्यास्ट्राइटिसबाट जोगिन सकिन्छ ।

 मानसिक तनावबाट मुक्त रहनुपर्छ ।

 ६ देखि ८ घन्टा सुत्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आज ‘गाईजात्रा’ पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

अटिजम स्पेक्ट्रम डिसअर्डर

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com