ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर बाढी पहिरो: उद्धारमा जुट्न वन उपभोक्ता महासंघको आग्रह


एबीसी / संवाददाता


काठमान्डौ २ असार:
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले अविरल वर्षका कारण भइरहेको बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति भएको अवस्थामा सहयोगमा जुट्न महासंघका पदाधिकारी र सम्बद्ध सबैमा आग्रह गरेको छ ।
महासंघका अध्यक्ष भारती पाठकले आज विज्ञप्ति जारी गर्दै संघ, प्रदेश र स्थानीय तहका सरकारबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ध्यान दिँदै जोखिममा परेका समुदायलाई सुरक्षित स्थानमा लगेर गाँस, बास तथा स्वास्थ्य सुरक्षाको प्रबन्ध मिलाउन र थप जोखिमबाट बचाउन अनुरोध गर्नुभयो । महिला बालबालिका, गर्भवती, अशक्त र विपन्न वर्गलाई विशेष प्राथमिकताका साथ राहत, उद्धार र पुनःस्थापनाका लागि पनि महासंघले अपिल गरेको छ ।
देशभरका २२ हजारभन्दा धेरै सामुदायिक वन उपभोक्ता समूहले विपद्का समयमा राहत, उद्धार र पुनःस्थापनामा जुट्न आग्रह गर्दै विज्ञप्तिमा कोरोनासँगै प्राकृतिक विपद्का सम्भावित घटनाबाट सचेत रहन सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत व्यापक सचेतीकरण अभियानमा लाग्न र समुदायका यूवा परिचालन गर्न महासंघका सवै संरचना तथा सरोकारवालालाई समेत सक्रिय सहयोगमा जुट्न आव्हान गरिएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको सम्भावित जोखिमवाट प्रभावित सूचि अनुसार २३ जिल्लाका १७ लाख स्थानीय समुदाय बाढीबाट प्रभावित हुने र २६ जिल्लाका १ लाख २० हजार स्थानीय समुदाय पहिरोबाट प्रभावित हुने अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com