ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानहरु चैते धानतर्फ आकर्षित


एबीसी / संवाददाता



बाँके, १ असार
बाँकेका बैजानाथ गाउँपालिका—८ झिंगौराका किसान अजितकुमार सुनार यस वर्षको परीक्षणमा पहिला पटक चैते धान फलाउन सफल हुनुभएको छ । बर्खे धानभन्दा उत्पादनमा दोब्बर वृद्धि भएको अन्य किसानहरूबाट सुनेपछि सुनारले पनि चैते धान लगाउनु भएको हो ।
उत्पादन राम्रो भएपछि अर्को वर्षदेखि थप जमीनमा पनि चैते धान रोप्ने उहाँले सोच बनाउनु भएको छ । कृषि ज्ञान केन्द्र बाँकेले किसान उहाँलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान बिउ उपलब्ध गराएको थियो ।
पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिदै आएको छ । बर्दियाका किसानले एक दशकदेखि नै चैते धान लगाउँदै आएका छन् । यस वर्ष बाँकेका किसानले पनि चैते धान फलाउन सफल भएका छन् ।
सिक्टा सिँचाइ आयोजनाअन्तर्गत नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका हुन् । नहरमा बाहै्र महिना पानी आउन थालेपछि किसानलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियोे ।
यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाउँका किसान ज्ञानबहादुर नेपालले पनि ११ कट्ठा जमीनमा चैते लगाउनु भएको छ । किसान नेपालले असार पहिलो हप्तासम्म चैते धान थन्क्याएर बर्खे धान लगाउने तयारी गरेको बताउनुभयो । परीक्षणका रूपमा उहाँले हल्दीनाथ ३ र चैते धान ५ नामक धानको बिउ रोेप्नु भएको हो ।
लामो समयदेखि कृषि पेसामा आबद्ध नेपालले सिक्टा सिँचाइको नहर घर नजिकै पुगेपछि चैते धानको खेती लगाउनु भएको हो । एक वर्षमै शुरुमा बर्खे धान, त्यसपछि हिउँद्मा मसुरो र चैतमा चैते धान खेती गरेको नेपालले बताउनुभयो । सिँचाइ सुविधा पुगेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको उहाँको भनाइ छ ।
धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निःशुल्क परामर्श र मल, बिउसमेत उपलब्ध गराएको केन्द्रका अधिकृत दिनेश भट्टराईले बताउनुभयो । अर्को वर्ष थप किसानलाई चैते धान रोपाइँको कार्यक्रम ल्याउने उहाँले जानकारी दिनुभयो । बाँकेमा चैते धान फल्ने खेतमा गहुँ, मकै र तरकारीको खेती गर्ने चलन छ ।
बबई सिँचाइ आयोजनाको काम अधुरै
बर्दियास्थित बबई सिँचाइ आयोजनाको मूल नहरको शाखा, उपशाखा र तटबन्धको निमार्णको काम अधुरै रहेको छ । तीन वर्षअघि बेपत्तापुर, कुम्रागाउँ, ढुग्रही र गुरुवा गाउँको तटबन्धका लागि रु ३३ करोड ४२ लाखमा राजेन्द्र शर्मा जेभी धनगढीले ठेक्का लिएको थियो ।
आयोजनाअन्तर्गत गुरुवा गाउँको १ हजार १५० मिटर तटबन्धको काममध्ये ३० प्रतिशत मात्रै पूरा भएको छ । तीमध्ये कुम्रागाउँ र बेपत्तापुरको १ हजार १०० मिटरको काम करीब ९० प्रतिशत पूरा भएको छ । ढुग्रहीको ४५० मिटर तटबन्ध ६४ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।
तीन दशकअघि बर्दियामा शुरु भएको बबई सिँचाइ आयोजनाको नहर निमार्णको लागि काम अहिलेसम्म ५१ प्रतिशतमात्रै सम्पन्न भएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले कामले तीव्रता नपाएको आयोजनाले जनाएको हो । कोरोना माहामारीले समेत काममा बाधा भएको आयोजनाले जनाएको छ ।
विसं २०७१ सालमा आएको बाढीले ढुग्रहीमा ११ जनाको ज्यान गएको थियो भने यस क्षेत्रमा ९५ प्रतिशत घर डुबानमा पारेका थिए । यसै क्षेत्रमा तटबन्धको कामले गति नलिँदा पुनः बाढी र कटानको जोखिम बढेको स्थानीयवासी कालुराम थारूले बताउनुभयो । बबई नदीको कटान क्षेत्र मानिएको जब्दीघाट र भैसाहीमा तटबन्ध ५० देखि ६५ प्रतिशत सकिएको छ । निर्माण कम्पनीले म्याद थपेको थपै गर्दा कामले तीव्रता पाएको छैन् । ठेकेदार कम्पनीले काममा चासो नदिँदा ढिलासुस्ती भएको स्थानीयले गुनासो गरेका छन् ।
चार वर्षअघि सम्पन्न हुने ३४ किमि पूर्वी मूल नहर गत जेठको पहिलो साता सकिएको छ । आयोजनाका िभजनल इन्जिनीयर रामकृष्ण घोडासैनीले कोभिडका कारण आयोजनाको काम ढिलासुस्ती भएको बताउनुभयो ।
पश्चिम नहर पनि काम भएको छैन् । जम्मा २८ किमी नहरको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७२ जेठ ६ गते सम्झौता भएको थियो । यस आवमा २८ किमिमध्ये २५ किमि सम्पन्न हुने आयोजनाले जनाएको छ ।
जग्गा अधिग्रहणको विवादले मूल नहरको काम हुन नसकेको आयोजना प्रमुख मधुकर राना मगरले बताउनुभयो । पश्चिम मूल नहर ४३ किमि आव २०८२÷८३ मा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको काम सम्पन्न गर्न सरकारले रु १८ अर्ब ९६ करोड ३० लाख रकम स्वीकृत गरिसकेको छ । त्यसमध्ये हालसम्म आधा रकम खर्च भएर ५१ प्रतिशत काम भएको जानकारी आयोजनाले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com