ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शाङ्पा फाउण्डेशनद्वारा धुलिखेललगायत चार अस्पताललाई सहयोग


एबीसी / संवाददाता


बनेपा, १ असार
काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताललगायत अन्य ठूला चार अस्पताललाई शाङ्पा फाउण्डेशन नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोरोना भाइरस दोस्रो लहरको प्रभाव परिरहेको बेला सङ्क्रमितको उपचारमा थप सहयोग प्रदान गर्नका लागि साङ्घाई जेड बुद्ध मन्दिर (चाइना), साङ्घाई जु क्वान कल्चर एण्ड एजुकेशनल फाउण्डेशन (चाइना) र तन ङक बुय एण्ड की मेङ्कलङ फाउण्डेशन (सिङ्गापुर)को सहयोगमा साङ्घाई फाउण्डेशन नेपालद्वारा धुलिखेल अस्पताललगायत अन्य अस्पताललाई सो सामग्री हस्तान्तरण गरिएको हो ।

कोरोना सङ्क्रमणको कठिन समयमा नेपाली जनताको जीवन बचाउनका लागि शाङ्पा फाउण्डेशन नेपालको सक्रियतामा आवश्यक स्वास्थ्य सामग्री सहयोग पु¥याएको फाउण्डेशनले जनाएको छ । उपलब्ध सामग्रीमा ५०० थान अक्सिजन कन्सन्ट्रेटर, पाँच हजार थान डिस्पोजेबल अक्सिजन मास्क, २३ हजार ४७५ थान एन–९९ र एन–९५ मास्क, १२ हजार थान ग्लोब्स, दुई हजार १८० गगल्स, आठ हजार ३९८ किटनाशक बोतल र एक हजार २०० थान पिपिइ सेट रहेको छ । बेइजिङस्थित नेपाली राजदूतावास, साङ्घाईस्थित नेपालको वाणिज्य दूतावास र धुलिखेल अस्पतालको समन्वयमा ती सामग्री प्राप्त भएको शाङ्पा फाउण्डेशनका अध्यक्ष शाङ्पा रिन्पोछेले बताउनुभयो । यस्तो परिस्थितिमा परोपकारी सहयोगका लागि सहयोगी दातालाई धन्यवाद व्यक्त गर्दै सबैको सहयोगबाट मात्रै अपरिहार्य सहायता र चिकित्सा आपूर्तिको समयमा नै वितरण सम्भव हुने उहाँले बताउनुभयो । यसअघि पनि सो संस्थाले विसं २०७२ को विनाशकारी भूकम्प र कोभिड–१९ को पहिलो लहरमा पनि मानवीय सेवाका कार्यमा सक्रिय भूमिका खेल्दै आएको फाउण्डेशनका अध्यक्ष रिन्ेपोछेले बताउनुभयो ।

सहयोग हस्तान्तरणका लागि फाउण्डेशनका निर्देशक प्रकाश भट्ट र प्रतिनिधि खेन्पो टासीको उपस्थितिमा धुलिखेल अस्पताल पुगेर हस्तान्तरण गरिएको हो । सोही क्रममा प्राप्त सामग्री धुलिखेल अस्पतालबाट कीर्तिपुर अस्पताल, लुम्बिनी अस्पताल र पोखरामा ट्रपिकल र सङ्क्रामक रोग अस्पताललाई समेत सोही अवसरमा हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ । यसरी ठूला चार अस्पतालमा गरी फाउण्डेशनले रु पाँच करोड १२ लाख ८० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ । नेपालमा शाङ्पा फाउण्डेशन नेपालले सन् २००६ देखि निरन्तर मानव सेवाको क्षेत्रमा काम गर्दै आएको छ ।

रोशी अस्थायी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ फलामेसाँघुस्थित रोशी अस्थायी अस्पताल (कोभिड अस्पताल)का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट उपलब्ध स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । निवर्तमान सङ्घीय सांसद गङ्गाबहादुर तामाङको समन्वयमा प्राप्त सामग्री अस्पतालका व्यवस्थापन समिति अध्यक्ष गणेश लामालाई सोमबार हस्तान्तरण गरिएको हो ।

रोशी गाउँपालिका–१, २, ३ र ४ लाई लक्षित गरी रोशी गाउँपालिकाले सञ्चालनमा ल्याएको सो अस्पतालले नजिकको बेथानचोक गाउँपालिका–६ र नमोबुद्ध नगरपालिका–९ र ८ को तल्लो क्षेत्रका बासिन्दालाई समेत सेवा दिँदै आएको छ । सङ्क्रमित बिरामी उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउन आवश्यक रहेको अवस्थामा सांसद तामाङको समन्वयमा सो स्वास्थ्य सामग्री प्राप्त भएको अस्पतालले जनाएको छ । प्राप्त सामग्रीमा अक्सिजन सिलिण्डर तीन थान, पल्स अक्सोमिटर दुई थान, एन्टिजेन किट ५० थान, अक्सिजन कन्सन्ट्रेटर एक थान, थर्मलगन एक थान, सर्जिकल मास्क दुई हजार थान, डिस्पोजेवल भिजिटर ज्याकेट १०० थान, बुटसेट १० थान, पिपिइ १० थान, सर्जिकल ग्लोब्स १५० जोर, के–९९ मास्क २०० थानलगायत डिस्पोजेवल ग्लोब्स, फेसशिल्डलगायतका सामग्री छन् ।

कोभिडको सङ्क्रमण गाउँगाउँमा फैलिरहेको अवस्थामा ग्रामीण क्षेत्रमा परीक्षण दरलाई विस्तार गर्न र उपचारमा सहजता प्रदान गर्नका लागि जिल्लाको विकट र पहुँचभन्दा टाढा रहेको पालिकाले सञ्चालन गरेको अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव रहेकाले आफ्नो पहलमा ती सामग्री मन्त्रालयबाट उपलब्ध गराएको निवर्तमान सांसद तामाङले बताउनुभयो । तामाङको पलहमा यसअघि जिल्लाको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिकास्थित धुसेनी शिवालय प्राथमिक अस्पताल र डिसीडब्लुसी अस्पतालका लागि अक्सिजन सिलिण्डर १० थानलगायत महत्वपूर्ण औषधि गाउँपालिकालाई उपलब्ध गराउनुभएको थियो ।

त्यसैगरी सो अस्पताललाई नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला कमिटीबाट आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । माओवादी केन्द्रका नेता मिमबहादुर वाइबाको नेतृत्वमा नेकपा माओवादी केन्द्र प्रवास कमिटीबाट प्राप्त स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com