ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३८ पत्नी, ८९ छोराछोरी ठूलो परिवारका घरमुली जियोना चानाको निधन


एबीसी / संवाददाता

काठमाडौं, ३१ जेठ। भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने विश्वकै ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ ।

७६ वर्षका जियोना चानाको निधन भएको मिजोरमका मूख्यमन्त्री जोरामथंगाले ट्वीटमार्फत् जानकारी गराएका छन् ।मूख्यमन्त्री जोरामथंगाका अनुसार बख्तवांग गाउँ सोही परिवारका कारण पर्यटकको आकर्षणको केन्द्र बनिसकेको छ ।मृतक जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३३ जना नातिनातिनीहरु गाउँमा रहेको एक सय कोठा भएको ४ तल्ले घरमा सँगै बस्दै आएका छन् ।जियोना पेसाले सिकर्मी थिए । उनका पत्नी तथा बुहारीहरुले खेतीपाती गर्दै आएका छन् भने युवावस्थाका छोराहरुले विभिन्न प्रकारका काम गरेर परिवार चलाउनका लागि अर्थोपार्जन गर्दै आएका छन् ।

सबैभन्दा जेठी पत्नीले चाहिँ घरका सबै सदस्यको कार्यको बाँडफाँट गर्ने तथा उनीहरुको कामको निगरानी गर्ने गर्दछिन् ।यो परिवारमा हरेक दिन ४५ किलो चामल, ३०/४० वटा कुखुरा, २५ किलो दाल, दर्जनौँ अण्डा तथा ६० किलो तरकारी खपत हुन्छ । साथै झण्डै २० किलो फलफूल पनि दिनहुँ सो परिवारले हजम गर्दछ ।उक्त क्षेत्रको राजनीतिमा पनि सो परिवारको ठूलो महत्व रहँदै आएको छ । एउटै परिवारमा यतिधेरै भोट भएका कारणले धेरै नेता तथा राजनीतिक दलहरु चुनावका बेला यो परिवारलाई निकै महत्व दिन्छन् । स्थानीय चुनावमा त यो परिवारको भोट नै कहिलेकाही निर्णायक हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com