ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीमा जथाभावी सडक खन्दा पहिरो


एबीसी / संवाददाता
जेष्ठ २६, २०७८ बुधबार  ८ : ५८ बजे


म्याग्दी, २६ जेठ :
जिल्लाको मङ्गला गाउँपालिका–५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक विस्तार गर्दा खनिएको माटोको सुरक्षित व्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो ।

पोकबाट नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक विस्तारका क्रममा नेटाखण्डको पाखोमा फालिएका ढुङ्गा–माटोले हाडेभिरको बस्ती, स्वास्थ्यचौकी जोखिममा पर्नुका साथै खानेपानीको मुहान, सिँचाइको नहर र खेतीयोग्य जमिन पुरिएको छ ।

पहिराले खिमबहादुर रोका, कर्णबहादुर रोका, रनवीर रोकासहित हाडेभिरका सात घर उच्च जोखिममा परेका छन् । माथिल्लो हाडेभिर खोल्लाका दलबहादुर थापाका परिवार सडकबाट आएको पहिरोले यसअघि नै विस्थापित भएका थियो । स्थानीयवासी अस्तमान घर्तीले सडक विस्तारका लागि स्काभेटरले पहाड खन्न थालेसँगै पहिरो सक्रिय भएको बताउनुभयो ।

“बाह्र वर्षअघि सडक खन्दा मेरो १० रोपनी पाखोबारी पहिरोमा परिणत भएको थियो”, उहाँले भन्नुभयो, “अहिले फेरि सडक फराकिलो बनाउन खनेको माटो पाखोमा फालिँदा पहिरो चलेर उठिबास लगायो ।” चालु आर्थिक वर्षमा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले नेटा–अर्मन–किमचौर हुँदै ताराखोला जोड्ने सडक स्तरोन्नतिका लागि त्रिशक्ति–श्रमजीवी जेभीसँग रु ८१ लख ४६ हजार ६५६ मा ठेक्का सम्झौता गरेको थियो ।

पूर्वाधार कार्यालय र निर्माण व्यवसायीको लापरवाहीका कारण पाखो खनेर बस्तीतर्फ माटो फालिँदा पहिरो चल्न थालेको हाँडेभिरका बासिन्दा चित्रकला सापकोटाले बताउनुभयो । “सडक खन्दा निस्कने माटो एक किलोमिटरसम्म टाढा लगेर व्यवस्थापन गर्ने सम्झौता कार्यान्वयनमा सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले चासो देखाएका छैनन्”, उहाँले भन्नुभयो, “डोजरले पहाडको भित्ता कोपरेर पाखाभरि माटो फाल्दा रुख, बिरुवा र बारीमा लगाएको खेतीबाली मासिएको छ ।”

पाखोमा पालिएको माटो आकाशबाट पानी पर्नासाथ पहिरो बनेर बग्न थालेको हो । पहिराले ३५ घरधुरीले उपभोग गर्ने खानेपानी आयोजना र आठ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने नहर पुरेपछि धानको ब्याड राख्न नपाएको स्थानीयवासी हर्कबहादुर रोकाले बताउनुभयो । “मुहान पुरिएपछि खानेपानी आपूर्ति भएको छैन”, उहाँले भन्नुभयो, “नहर पनि पहिराले पुरिएकाले हाडेभिर र काँशेबगरमा धानको ब्याड राख्न समस्या भएको छ ।”

निर्माण व्यवसायी प्रकाश बानियाँले सम्झौतामा उल्लेखित एक किलोमिटर क्षेत्रभित्र माटो व्यवस्थापन गर्न ठाउँ नपाएको पनी बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com