काठमाडौं, १७ जेठ । । नेपाली कांग्रेसले सरकारको जनमत बढ्दैछ भनेर भ्रम कसैलाई नभएको बताएको छ । सत्तारुढ दलका नेताहरुले बजेटलाई आम जनताले रुचाएका कारण विपक्षीहरुले विरोध गरेको बताइरहँदा कांग्रेसले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता नभएको बताएको हो ।
बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा छायाँ अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद मिनेन्द्र रिजालले भन्नुभयो ‘यो सरकार अलोकप्रियताको सबभन्दा गहिरो बिन्दुमा छ । त्यसैले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता छैन ।’ ‘हामीलाई देश र जनताको चिन्ता छ । जनता कोरोनाको कहरमा छन्, अर्थतन्त्र अझ बिग्रिने खतरा छ ।’ उहाँले भन्नुभयो सरकारको लोकप्रियता कति छ भनेर उसले जानेको होला भन्दै उहाले नजानेको भए चुनाव भएको दिन थाहा हुने बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्