ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इद मुवारक !


admin
असार १२, २०७४ सोमबार  ३ : ४३ बजे
शारदा शर्मा

बजार कटेर डाडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गरेउं।म बाहुनकी छोरी उनी मुसलमान।धेरै पछिमात्र थर थाहा भयो।हम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए। उनका भाउजुहरु गांउमा चुरा लिएर बेच्न पनि हिड्थेरे हजुरआमाले सुनाउनु हुन्थ्यो ।बा सरकारी जागिरे भएकोले म सदरमुकाममानै हुर्के।सानै छदा मेरो उनीसंग भेटभएको थियो।मैले मान्छेमा हुने हरेक कुरा उनमा पनि देखें।मेरा दाजु र उनी संगसंगैका थिए।उनी मेरो दाजु भन्दा पनि राम्रो थिए।थाहा थिएन जातभातको लेपन लगाएर हाम्रो संवन्धलाइ कमजोर बनाइन्छ भन्ने।सानो शहर भित्रको यौटै स्कुलका बिद्यार्थी थियौं हामी कतिखेर मायांप्रेम बस्यो थाहै भएन।चनाचटपटे खान स्कुलको गेटबाट बाहिर निस्कने समय हाम्रो भेट हुन्थ्यो ।

कलास यौटै नभए पनि हामी पानीपुरी र चनाचट्पटे खान संगै निस्कन्थ्यौ।स्कुलमा पनि आआफ्नै मिल्ने समूह थियो।रमिला र मन्जु मेरा मिल्ने साथी थिए।हामीलाइ कुनै जातपात मतलबै थिएन। रुझानको बाबा आमाको कस्मेटिक पसल थियो।कलासको उ पहिलो बिद्यार्थी हरेक कुरामा एक्टिभ थियो उ।समय कसरी बित्यो पत्तै भएन।रुझानले एसएलसी दियो।म दशकक्षामा पढ्थे।सायद यतिबेलासम्म हामी भित्र एकअर्का प्रतिको लगाब अलि बढदै गाएछ क्यारे उ स्कुल आउन छोडेपछि मलाइ अलि खल्लो लाग्न थाल्यो।हुनत हाम्रो डेरा नजिकै उनीहरुको पसल भएकोले पनि बेलुकी बेलुकी चिसो हावा खाने बहानामा हामी त्यही बाटो हुँदै हिड्थ्यौ।मेरा साथीहरुले अब मलाइ जिस्क्यउन थालिसकेका थिए।खै किनहो मलाइ पनि उनीहरुको कुरा सुनेर रिस उठ्दैनथ्यो।

रुझानले पहिलो श्रेणीमा एसएलसी पास गर्यो ।सायद हाम्रो स्कुलबाट त्यतिबेला पहिलो श्रेणीमा पास गर्ने उ मात्र थियो।स्कुलमा उस्को चर्चा झनै हुन थाल्यो ।पढाइ र ट्यालेन्सीलाइ उस्को जात र थरले कुनै असर गरेको थिएन।उ पनि हामी जस्तै पुर्ण मान्छे थियो ।निधारमा जात भात र थर नलेखिएकै यौटा सक्षम मान्छे ,योग्य र केही गर्न सक्ने जुझारु ।साच्चै जीवन अनेक खन्डालहरुको संगमनै हो भन्दा फरक नपर्ला ।स्कुल सकेपछि उ पढन काठमाडौं गयो ।म शानो शहरमा थिए।एकबर्ष पछि मेरो पनि स्कुल सकियो ।एसएलसी पास गरेपछि मलाइ पनि दाइ संगै काठमाडौ पठाइयो ।उनीहरु संगै पढ्ने बिद्यार्थी थिए। मलाइ सजिलो भयो। काठमाडौ आएपछि उस्ले बिज्ञान लिएर प्राइभेट कलेज ज्वयन गरेको थियो कलेज संगै नभएपनि दाइ र उस्को राम्रो सम्पर्क थियो।

यो एक बर्षमा मैले उस्लाइ तिनपटक मात्र बिदामा घर जादा भेटेकी थिए।फोनमा कहिलेकाहीँ कुरा हुन्थ्यो ।काठमान्डु आए पछि हाम्रो भेट बाक्लिदै गयो।मेरा स्कुले साथीहरु पनि यहि शहरमा भविष्य खोज्न आएको कारण हाम्रो प्रेमलाइ आकार लिन झनै सजिलो भयो।उमेर संगसंगै हामी हाम्रो पढाइ र जिम्मेवारी प्रति पनि सजक थियौ।डाक्टर बनिसकेको रुझान संग मैले जीवन र जिन्दगीका लामा सपना बुन्दा मलाइ थाहै भएन उ मुसलमान र म बाहुन भन्ने कुरा।हरेक पटक हामीले हाम्रा भगबानसंग यो झुठो जातपातको दुनियाले कतै हाम्रो संबन्धलाइ कमजोर बनाइदियो भने पनि तिमीले फैसला गर्नेछौ भनेर मठ मन्दिर ,मस्जिद र चर्चहरुमा पनि धाउथेउ।सायद कलियुगका भगवान आफै कमजोर थिए उनले हाम्रो कुरा सुन्न मात्र हैन हाम्रो संबन्ध बुझन पनि सकेनन।

दाइको बिहे नगर्दै बाले मेरो बिहेको कुरा गर्न थाल्नु भयो ।हामीले सबैकुरा आआफ्नो परिवरमा भनेर बिहे गर्ने निर्णय गरेउ। बिदामा घरगएको समय घुम्दै शहरको माथिल्लो पट्टी पुगेपछि कुनै पनि हालतमा नछुटिने बाचा गर्दै हामीले कसम खायौं। समाजमा जात भातका कुरा उठिरहन्थे ।मेरी हजुरआमा अलि कट्टरनै थिइन।मुसलमान भनेपछि हामीले छोइछिटो गर्नु पर्ने समाजमा के हाम्रो संबन्धले आकार लिन पाउँला ? हामी घन्टौ यहि बिषयमा कुरा गर्थेउ। बुझ्ने भैसकेका हामीलाइ जातभातको कुनै प्रभाव थिएन तर हाम्रो सम्बन्धको तगारो बनेको थियो जातभात र थर।

त्यसदिन बेलुकी मलाइ हेर्न पल्लो गाउका मास्टर आउदै थिए।खै किनहो घर फर्किने मननै थिएन। उसलेनै भनेर म घरमा आए ।एकातिर उसंगको संवन्ध अर्कोतिर बिहेको लागि घरमा गरिएको यो कर्मकाण्ड के भन्ने मलाइ डर लागेको थियो।चिया लिएर उनीहरुको अगाडि पठाइयो ।मलाइ शिर देखि पाउसम्म हेरे । सायद मास्टरले कुनै खोट देखेनन क्यारे दुबैजनाले कुरा गर भन्दै भित्र पठाए।पातलो शरीर शलक्क परेको राम्रो मान्छे थिए उनीपनि ।लाजै नमानी सरासर मैले सानै देखिको आफ्नै साथीजस्तै सम्झेर हाम्रो सम्बन्धका सबैकुरा सुनाउदा खै किनहो उनले पनि आशु टपक्कै झारे।तिमीले जे भन्छ्यौ मलाइ स्वीकार छ भन्दै उनी उठ्दा म तीन छक परें।त्यसदिन उनीहरु गए।मैले सबैकुरा नडराइ घरमा सुनाए।रुझानसंग बिहे गर्ने कुरा गरे।तर समाजको इज्जत प्रतिष्ठाको कुरा देखाउदै बाले आत्महत्या गर्छु भन्नुभयो।मलाइ डर लाग्यो।बाको मृत्युअगाडि तेर्साएर मेरो सम्बन्धको गला रेटियो।

समाज बिचित्रको छ आआफ्नो स्वार्थ अनुसार यहाँ हरेक कुराको ब्याख्या हुने गर्छ।आज इद मुवारक भन्दै अनेक जात जातीले सन्जालमा पोष्ट गरेका छन।हरेक चाडपर्वमा मानिसहरु शुभकामना आदान प्रदान गरेका छन ।मठ मन्दिर ,मस्जिद ,चर्च सबैमा गएकै छन तर किन जातभातको कुरा उठाएर आज पनि मान्छेहरु प्रति यतिधेरै विभेद छ यहाँरुरुमान्छे मान्छे यौटै हुन किन सकेको छैन अझैपनि ? आजपनि उस्लाइ निकै सम्झिएं।सायद मान्छे मान्छेमा विभेद नभएको भए आज हामी संगै हुनेथियौ।समाजले मलाइ डराउन दियो या म समाजसंग डराए।

फोनमा घन्टी बज्य‍ो हेलो इद मुवारक उसको गला अबरुद्ध भयो सायद उ रुझान थियो। उनले सुनउदै थिइन मेरो मोवाइमा पनि म्यासेज आयो इद मुवारक।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

सम्बन्धित

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

बंगलादेशले लोकतन्त्रको गहिरो समस्याको प्रहसन गर्दैछ : न्यूयोर्क टाइम्स

नेपालको निर्वाचनमा डार्क पीआर: अदृश्य युद्ध, भ्रामक सूचना र लोकतन्त्रको चुनौती

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com