ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 दुई सातामा सात गुना बढी थपिए कोरोना सङ्क्रमित


एबीसी / संवाददाता
बैशाख १४, २०७८ मंगलबार  ७ : ४५ बजे

काठमाडौँ, १४ वैशाख दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ ।

नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुगेको थियो । उक्त सङ्ख्या दुई सातापछि आज बढेर चार हजार ५२४ पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ पुगेको छ ।

दुई साताअघि चार हजार २८९ जनाको पिसिआर परीक्षण तथा ४५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ६७२ जनाको पिसिआर परीक्षण तथा एक हजार नौ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । दुई साताअघिसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ पुगेको थियो । हाल उक्त सङ्ख्या २४ लाख ३२ हजार ८९ पुगेको छ । हाल ५८ जना क्वारेन्टिनमा रहेका छन् ।

हालसम्म दुई लाख ७८ हजार ५०६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । दुई साताअघि देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेकामा हाल उक्त सङ्ख्या बढेर २६ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पनि सङ्क्रमित सात गुनाले वृद्धि

दुई सातामा काठमाडौँ उपत्यकामा पनि कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । दुई साताअघि सङ्क्रमिको सङ्ख्या काठमाडौँ उपत्यकामा २५४ रहेको थियो । पछिल्लो २४ घण्टामा उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढेर एक हजार ९६६ पुगेको छ । दुई साताअघि सङ्क्रमितको सङ्ख्या काठमाडौँमा १७३, ललितपुरमा ६१ तथा भक्तपुरमा २० रहेको थियो । हाल काठमाडौँमा एक हजार ६०२, ललितपुरमा २४० तथा भक्तपुरमा १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

दुई सातामा १३३ जनाले कोरोनाबाट ज्यान गुमाए

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट दुई साताअघि तीन सङ्क्रमितको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । वैशाख १ गते कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ६१ जनाको मृत्यु भएको थियो भने आज उक्त सङ्ख्या बढेर तीन हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ । दुई सातामा कोरोनाबाट १३३ जनाले ज्यान गुमाएका छन् ।

बिदामा बसेकालाई काममा फर्किन निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिदामा बसेका आफ्ना कर्मचारीलाई तुरुन्त काममा फर्कन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सङ्क्रमण ह्वात्तै बढेका कारण उनीहरुलाई काममा फर्किन निर्देशन दिइएको हो ।

मन्त्रालयले चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनसमेत निर्देशन दिएको छ । मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएका कारण कर्मचारीलाई लामो बिदा दिन नसकिने जनाएको छ । मन्त्रालयले जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउन, अस्पतालको स्वीकृत दरबन्दीअनुसार रिक्त भएको पदमा तत्काल जनशक्ति व्यवस्थापन गर्न तथा थप जनशक्ति आवश्यक भएमा पाँच महिनाका लागि करार सेवामा लिनसमेत अस्पताललाई निर्देशन दिएको छ । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com