ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नासा मङ्गल ग्रहमा अक्सिजन बनाउन सफल


एबीसी / संवाददाता
बैशाख १०, २०७८ शुक्रबार  ७ : ३९ बजे

काठमाडौं, १० बैशाख । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउने प्रविधिको सफल प्रयोग गरेको जनाएको छ । मोक्सी नामको यन्त्रबाट एक जना मानिसलाई १० मिनेटसम्म श्वास फेर्न पुग्ने पाँच ग्राम अक्सिजन बनाउन यसै साता सफलता हासिल भएको हो ।

नासाले सो प्रयोग भविष्यमा मङ्गल ग्रहमा हुनसक्ने मानव सहितको अन्तरिक्ष अभियानहरूमा धेरै अक्सिजनको साटो मोक्सीको ठूलो रूपलाई लैजान सकिने विषयमा अध्ययन गरिरहेको छ । मोक्सी यन्त्र पर्सिभिअरन्स यानमा रहेको छ । साथै नासाले बिहीवार मंगल ग्रहमा हेलिकप्टरको दोस्रो सफल उडान परीक्षण गरेको छ ।

इन्जुन्यूटी हेलिकप्टर दोस्रो पटक उड्दा पाँच मिटर माथि उठेको, दुई मिटर हावामा सीधा अघि बढेको त्यसपछि पुरानै स्थानमा फर्केर अवतरण गरेको थियो । नासाले हेलिकप्टरको प्रत्येक उडानलाई लामो, टाढा र छिटो बनाउने गरी परीक्षण गरिरहेको छ । गत सोमवार पृथ्वी बाहेकको ग्रहमा नियन्त्रित उडान गर्ने पहिलो हेलिकप्टर बन्दै इन्जुन्यूटीले इतिहास बनाएको थियो । हेलिकप्टर र अक्सिजन निर्माण यन्त्र दुवै प्रविधिको परीक्षण हुन्।

यी दुवै पर्सिभिअरन्स यानसँगै फेब्रुअरीमा मङ्गल ग्रहमा पुगेका थिए । हेलिकप्टर जस्तै मोक्सी यन्त्रको पनि थप परीक्षणहरू गरिने छन् । मङ्गल ग्रहको हावामा ९६ प्रतिशत कार्बन डाइअक्साइड छ र अक्सिजन ०।१३ प्रतिशत मात्रै छ जुन पृथ्वीको हावामा भएको २१ प्रतिशत अक्सिजनभन्दा निकै कम हो ।

मोक्सीले एक अणु कार्बन र दुई अणु अक्सिजन मिलेर बनेको कार्बन डाइअक्साइडबाट एक अणु अक्सिजन निकाल्न सफल भएको हो । बाँकी एक अणु कार्बन र एक अणु अक्सिजन मिलेर बनेको कार्बन मोनोअक्साइड त्यसले त्यहाँको हावामा छोडिदिएको हो । मोक्सीले कति राम्ररी काम गर्छ भनेर वैज्ञानिकहरू यसलाई विभिन्न तरिकाले चलाउने तयारी गरिरहेका छन् ।

सानो आकारको यसले यसले एक घण्टामा १० ग्राम अक्सिजन निर्माण गर्ने अपेक्षा गरिएको छ । मङ्गल ग्रहमा अन्तरिक्षयात्रीलाई धेरै टन अक्सिजन आवश्यक पर्नेछ। अक्सिजन श्वास फेर्न मात्रै होइन, यानलाई मङ्गल ग्रहको सतहबाट प्रक्षेपण गर्न पनि आवश्यक पर्छ ।

नासाको अपेक्षा मोक्सीको प्रयोग सफल भयो भने पृथ्वीबाट कम मात्रै अक्सिजन लगेर त्यहीँको वातावरणमा अक्सिजनको व्यवस्था गर्ने हो । यो प्रविधिलाई विकास गरेर त्यो अक्सिजनलाई हाइड्रोजनसँग मिसाएर पानी पनि बनाउन सकिने वैज्ञानिकहरूको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com