ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काममा फर्किए अमेरिकी राष्ट्रपति ट्रम्प : कोरोनाको कुनै लक्षण नदेखिएकाले कार्यालय जान दिइएको हो – चिकित्सक


एबीसी न्यूज
आश्विन २२, २०७७ बिहीबार  ७ : २० बजे

काठमाडौँ, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो नियमित काममा फर्किएका छन् । कोरोना संक्रमण भएपछि ३ दिन अस्पतालमा बसेर डिस्चार्ज भएका ट्रम्प त्यसको २ दिनपछि ह्वाइटहाउस स्थित ओवल अफिसमा पुगेका हुन् ।

ओवल अफिस पुगेर ट्वीटरमा भिडियो सन्देश दिएका ट्रम्पले आफूमा कुनै स्वास्थ्य समस्या नभएको बताएका छन् । ‘मैले एकदमै राम्रो महसुस गरिरहेको छ लाग्छ यो भगवानको कृपा हो,’ ट्रम्पले भिडियो सन्देशमा भने । छिटै सबै अमेरिकीले कोरोना भाइरसको संक्रमणको निशुल्क औषधि पाउने आफू विश्वस्त रहेको समेत उनले बताए ।‘म सबै अमेरिकीको उपचारमा पहुँच पुगेको हेर्न चाहन्छु, त्यसका लागि रेजेनरन फर्मास्यूटिकलले निर्माण गरेका औषधि निःशुल्क वितरण गरिनेछ, ट्रम्पले भने, ‘जुन परीक्षणकै क्रममा भएर पनि मलाई दिइएको थियो ।’

A MESSAGE FROM THE PRESIDENT! pic.twitter.com/uhLIcknAjT

— Donald J. Trump (@realDonaldTrump) October 7, 2020

रेजेनरनले उत्पादन गरेको कोरोनाविरूद्धको हजारौँ डोज औषधि लगभग तयार भए पनि त्यसको प्रयोगमा अनुमति नहुँदा बजारमा उपलब्ध नभएको तर छिट्टै त्यसले अनुमति पाउने उनले बताए । यसअतिरिक्त अन्तिम परीक्षणको क्रममा रहेका भ्याक्सिन छिट्टै सफल हुने पनि उनले विश्वास व्यक्त गरे । उनको उपचारमा संलग्न चिकित्सक डा। सिन काँनका अनुसार ट्रम्पमा पछिल्ला चार दिन यता ज्वरो आएको छैन । उनलाई २४ घण्टा यता कोरोनाको कुनै लक्षण नदेखिएकाले कार्यालय जान दिइएको डा। काँनले बताए ।कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी पूर्णरूपमा ठीक नहुँदै सोमबार बेलुका ह्वाइट हाउस फर्किएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com