काठमाडौं, ४ फागुन । तराई भूभागका केही ठाउँहरूमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशमा सामान्यतया बादल लागेको छ भने देशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
पछिल्लो चौबीस घण्टामा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का वर्षा तथा हिमपात भएको छ ।आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज राति तराई भूभागका थोरै ठाउँमा तुँवालो लाग्ने अनुमान गरिएको छ ।साथै, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य ठाउँमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।







प्रतिक्रिया दिनुहोस्