ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४५ वर्षपछि सीमा क्षेत्रमा दुबैतर्फबाट फायरिङ :तीनवटै शुरक्षा निकायसहित भारतीय रक्षामन्त्रीको इमेर्जेन्सी बैठक


एबीसी न्यूज

काठमाडौं, २३ भदौ ।  भारत– चीन सीमा क्षेत्रमा गएराति फायरिङ भएपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज इमेरजेन्सी बैठक बोलाएका छन् । भारतीय सेना प्रमुख एमएम नरवानेले सीमा क्षेत्रको वास्तविक अवस्थाबारेमा बिहान जानकारी गराएपछि रक्षामन्त्री सिंहले आपतकालिन बैठक बोलाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इमेरजेन्सी बैठकमा रक्षामन्त्री सिंहले सिडिएस एवं पूर्व सेना प्रमुख बिपिन रावत र तीनवटै सेनाका प्रमुखसँग चीनसँगको सीमा क्षेत्रमा भइरहेका क्रियाकलाप र अबको रणनीतिका विषयमा केन्द्रित रहेर छलफल गर्नेछन् । भारतीय सेनाले गएरातिको घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गरेर चिनियाँ सेनाले सुरुमा फायरिङ गरेको र त्यसको जवाफ दिइएको जनाएको छ । विज्ञप्तिमा चीनले आफूहरुलाई उत्तेजनामा ल्याउनका लागि उत्तेजक गतिविधि गरिरहेको उल्लेख गरिएको छ ।

चिनियाँ जनमुक्ति सेनाले भने भारतीय आरोपको खण्डन गर्दै भारतले एकतर्फी फायरिङ गरेको जनाएको छ । भारत–चीन सीमा क्षेत्र पूर्वी लद्दाखको अवस्था असामान्य बनेको छ । गएराति दुबैतर्फबाट फायरिङ भएको छ । दुबै देशले युद्धका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । सन् १९७५ पछि पहिलो पटक दुई देशको सीमा क्षेत्रमा फायरिङ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वी लद्दाखको दक्षिणी पेङ्गोंग इलाकामा गएराति दुबैतर्फबाट फायरिङ भएको थियो । लगातार सीमा क्षेत्रमा तनाब बढेपछि गएराति भारतीय सेनाको तर्फबाट सुरुवाती फायरिङ भएको थियो । भारतीय सञ्चारमाध्यमले चिनियाँ सैनिकले पनि फायरिङ गरेको जनाएका छन् । सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक फायरिङ भएसँगै दुबै देशका सेनाले युद्धका लागि तयारी गरेका छन् । आफ्नो शक्ति सीमा क्षेत्रमा खटाएका छन् ।

चीनको नियन्त्रणमा रहेका काला टप र हेल्मेट टपसमेत रहेका केही क्षेत्र भारतीय सैनिकले नियन्त्रणमा लिएपछि पछिल्लो विवाद उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com