ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धेरै संक्रमित हुने देशको दोस्रो स्थानमा भारत , एकैदिन ९१ हजारमा संक्रमण


एबीसी न्यूज
भाद्र २२, २०७७ सोमबार  ६ : ५५ बजे

काठमाडौं, २२ भदौ । कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा भारतले ब्राजिललाई उछिनेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिनेको हो । सोमवार विहान सम्म ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा फेरि नयाँ कीर्तिमान कायम हुन थालेको छ ।पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।यसअघि आइतबार ९० हजार ६०० जनामा संक्रमण पुष्टि भएकोमा सोमबार विहानसम्म ९१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

सोमबार ९१ हजार ७२३ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख २ हजार ५६२ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ३२ लाख ४७ हजार २९७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ५७८ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १००८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७१ हजार ६८७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेन–जीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com