ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किबी फलको उत्पादन घट्यो


admin
मंसिर २०, २०७४ बुधबार   १२ : ३७   बजे

इलाम, २० मंसिर । जिल्लामै पहिलोपटक किबी फलको व्यावसायिक खेती शुरू गर्नुभएका सुलुबुङ–५ का तारामणि खतिवडा आजभोलि किबी फल बिक्री गर्न व्यस्त हुनुहुन्छ ।

अहिले फल टिपाइ शुरू भएको छ । बिक्रीका लागि बजारसम्म पु¥याउनु पर्ने भएकाले उहाँलाई अन्य काम भ्याउनै मुस्किल छ । उत्पादनको शुरूमै प्रतिकिलो रु ३०० देखि रु ४०० मा किनबेच हुन थालेको किबी फल संकलनको तयारीमा लाग्नुभएका खतिवडाले यसपालि विराटनगर, काठमाडौँ, पोखरा लगेर बिक्री गर्ने तयारी गरेको बताउनुभयो ।


किबी फल प्रतिकिलो ए ग्रेडको रु ४०० र बी ग्रेडको रु ३०० मा बिक्री हुन थालेको छ । जिल्लाको सुलुबुङ, साँखेजुङ, लुम्दे, साङरुम्वा, सूर्याेदय नगरपालिका, सन्दकपुर गाउँपालिकाको मावु, माईमझुवा र जमुना तथा इलाम नगरपालिकाको सुम्वेक र आमचोकमा यसको व्यावसायिक खेती गरिँदै आएको छ ।

यसपटक फल लागेको बेलामा असिनापानी परेका कारण उत्पादन घटेको खतिवडाले बताउनुभयो । गत वर्ष आठ हजार किलो किबी फल उत्पादन गर्नुभएका खतिवडाले यसपटक त्यसको आधामात्र उत्पादन भएको बताउनुभयो ।

अलैँचीखेती मासेर १६ रोपनी बारीमा किबी फल लगाउनुभएका साँखेजुङका टेकबहादुर विष्टले यस वर्ष १० क्विन्टल उत्पादन भएको बताउनुभयो । गत वर्ष रु चार लाख बराबरको किबी बिक्री गर्नुभएका विष्टले यसपटक रु तीन लाखको बिक्री गर्ने लक्ष्य राख्नुभएको छ ।

किबी फस्टाएपछि व्यावसायिक चिया र गाईपालन गर्दै आउनुभएका विष्टलाई नयाँ खेतीप्रति मोह बढ्दै गएको छ । किबी फलको खेती फस्टाउँदै गएपछि जिल्लाका धेरै किसानले यसलाई आम्दानीको स्रोत बनाएका छन् । फलभन्दा पनि बिरुवा बढी मूल्यमा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । एउटा बिरुवा रु ३०० सम्ममा बिक्री हुने गरेको छ ।

गत वर्ष चार क्विन्टल किबी फल बिक्री गर्नुभएका आमचोकका टठबहादुर पाण्डेले पनि यसपालि उत्पादन घटेको बताउनुभयो । यसपटक उहाँले करिब एक मन मात्र बिक्री गरेको बताउनुभयो । किबी फल उत्पादनमा जिल्लाका करिब २४ हजार घरपरिवार संलग्न छन् । एउटै बोटबाट कम्तीमा २०० देखि २५० किलो किबी फल्ने गरेको कृषक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group