ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसको भ्याक्सिन निमार्णमा प्रतिस्प्रर्धा : चीनलेपनि बनायो भ्याक्सिन


एबीसी न्यूज

27.01.2020, China, Tianjin: Forscher verpacken Nachweisreagenzien für das neue Coronavirus. Die erste Charge mit Nachweisreagenzien für 10.000 Personen wurde kostenlos nach Wuhan geschickt. Foto: Ma Ping/XinHua/dpa +++ dpa-Bildfunk +++

काठमाडौं, २९ साउन ।  चीनले कोरोना भाइरसको भ्याक्सिन निर्माण गरेको छ । रुसले दुईदिनअगाडि कोरोना भाइरसको भ्याक्सिन तयार पारेको घोषणा गरेसँगै चीनले पनि भ्याक्सिन निर्माण गरेको जनाएको छ । चीनले निर्माण गरेको उक्त भ्याक्सिन तत्काल सर्वसाधारणको पहुँचमा नपुग्ने भएको छ । किनकी चीनले पहिले चिनियाँ जनमुक्ती सेनालाई प्रयोग गर्न अनुमति दिएको छ ।

रुसी खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन् । रुसले डब्ल्युएचओसँग समन्वय नगरी निर्माण गरेको उक्त भ्याक्सिनले कोरोना संक्रमितका लागि उपयोगी भएको दाबी गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटीनले उक्त भ्याक्सिन कोरोना संक्रमित आफ्नी छोरीमा पनि सफल परीक्षण भएको बताएका छन् ।

रुसले निर्माण गरेको भ्याक्सिनको नाम स्तुपनिक–५ राखिएको छ । उक्त भ्याक्सिन गामालेया रिसर्च इन्स्टिच्युटले निर्माण गरेको हो । यता चीनमा क्यानसिनो बायोलोजिक्सले उक्त भ्याक्सिन तयार पारेको हो ।

क्यानबरामा रहेको अनुसन्धान समूहका चीन पोलिसी सेन्टरका निर्देशक एडम निले छनौट रोग र जैविक हतियार जस्ता सैन्य अनुप्रयोग भएका क्षेत्रमा सेनाको उन्नत चिकित्सा अनुसन्धान प्राकृतिक स्रोतमा केन्द्रीत भएको बताए ।

उनले भने, ‘यसले महामारीको बखत धेरै काम गरेको छ ।’ रुस र चीनले बनाएका भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणबाट गुज्रिरहेका छन्। चीन र रुस दुवैले आफ्नो भ्याक्सिनले कोरोनाविरुद्ध प्रभावकारी काम गरेको दाबी गरिरहेका छन्।

दुवै देश विश्‍व स्वास्थ्य संगठन (डब्ल्युएचओ) या अन्य अन्तर्राष्ट्रिय आलोचनाको कुनै प्रवाह नगरी आफ्नो भ्याक्सिन दर्ता गरेर प्रयोग अनुमति दिइसकेका छन्। चीनले क्यानसिनो बायोलोजिक्सले तयार पारेको भ्याक्सिनलाई सीमित परिमाणमा प्रयोगको अनुमति दिएको छ। अब यो भ्याक्सिन चिनियाँ जनमुक्ति सेनाका लागि उपलब्ध गराइएको छ।

अर्कातिर रुसले एक कदम अघि बढेर गामालेया रिसर्च इन्स्टिच्युटको भ्याक्सिन सबैका लागि प्रयोग अनुमति दिएको छ। दुवै भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणबाट अघि बढिरहेका छन्। तेस्रो चरणको परीक्षण जारी रहेकाले यी भ्याक्सिनलाई विश्‍वसमुदायले स्वीकार्ने अवस्थामा पुग्न अझै समय लाग्‍नेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com