काठमाडौं २३ असार । दोस्रो चरणमा भएको ३३४ स्थानीय तहका निर्वाचन मध्ये अब ९ तहको परिणाम आउन बाकी छ ।
अहिलेसम्मको मत परिणाम अनुसार एमाले १४६ स्थानीय तहमा जित हासिल गरेको छ भने नेपाली काग्रेस ११८ तहमा विजयी भएको छ ।
माओवादी केन्द्र ३८ स्थानमा विजयी भएको छ । त्यस्तै संघीय समाजवादी फोरमले ८, फोरम लोकतान्त्रिक ६, राप्रपा ४, राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्र ३ स्थानमा विजयी भएका छन् । अहिले एमालेले ५, काग्रेसले ४ तहमा अग्रता लिएका छन् ।








प्रतिक्रिया दिनुहोस्