ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दो क्रममा : निको हुनेको प्रतिशत उकालो लाग्यो


एबीसी न्यूज

काठमाडौँ, २९ असार । नेपालमा कोरोनाबाट सङ्क्रमित भएका कुल सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या पहिलोपटक बढेको छ । आइतबारसम्म आठ हजार ५८९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको सङ्ख्या १६ हजार ८०१ छन् । शनिबार ५०.५ प्रतिशत रहेको निको हुने दर आइतबार ५१.१ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोनाभाइरस सङ्क्रमण सक्रिय रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार १७४ रहेको जनाएको छ । यसरी पहिलो पटक सङ्क्रमण सक्रिय रहेको सङ्क्रमितभन्दा निको हुने बढेका छन् । असार तेस्रो साता दैनिक सङ्क्रमित हुनेको सङ्ख्या पाँच सयभन्दा बढी भएको थियो । करिब एक सातासम्म पाँच सयभन्दा बढी नयाँ सङ्क्रमित थपिँदा प्रकोपको रुप लिई कोरोना सङ्क्रमण महामारीको रुप लिन सक्ने आकलन गरिएको थियो । तर असार १९ पछि दैनिक रुपमा सङ्क्रमित हुनेको सङ्ख्या घट्दो क्रममा छन् ।

नेपालमा विश्व परिदृश्य अनुसार सक्रिय सङ्क्रमित र निको हुने दर कम नै छ । सङ्क्रमित हुने सङ्ख्याको आधारमा नेपाल ६१ औँ सबैभन्दा प्रभावित राष्ट्र हो । विश्वभरि कुल सङक्रमित एक करोड २१ लाख ९० हजार १९६ छन् । करिब ४५ लाखमा सङ्क्रमण सक्रिय छन् । मन्त्रालयका अनुसार विश्वभरि हाल कोरोना सङक्रमण सक्रिय सङ्क्रमित सरदर ३७.३ प्रतिशत मात्रै छ । नेपालमा भने सङ्क्रमण सक्रिय रहेको सङ्क्रमित ४८.९ प्रतिशत छ । विश्वमा निको हुने दर करिब ५८ प्रतिशत छ । नेपालमा ५१.१ प्रतिशत छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार पहिलो साता नेपालमा सङ्क्रमण दर ११ प्रतिशत कायमे थियो । असार १९ गते उक्त दर १७ प्रतिशतसम्म पुग्यो । जुन अहिलेसम्मकै उच्च हो । हाल सङ्क्रमण दर २ प्रतिशतमा झरेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ९१६ जनाको नमुना परीक्षणको प्रतिवेदन आएकोमा ८२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । जुन पछिल्लो दुई सातामा शनिबारको ७० जना सङ्क्रमितपछिको अहिलेसम्मकै सबैभन्दा कम हो ।

महामारी तथा रोग नियन्त्रण केन्द्र (इसीडीसी)का प्रमुख डा. वासुदेव पाण्डेका अनुसार निको हुने दर बढिरहँदा विश्वको तथ्याङ्क भेट्न एक साता लाग्छ । तर क्वारेन्टाइनमा रहेकाले उक्त दरलाई प्रभावित बनाउन सक्छन् । क्वारेन्टाइनमा हाल २३ हजार ७८४ जना छन् । जसको परीक्षण गरिएको छैन । क्वारेन्टाइनको रहेकाहरूको परीक्षण नतिजाले नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या अझै बढन सक्ने डा। पाण्डे बताउनुहुन्छ । तर पछिल्ला दिनहरूका क्वारेन्टाइनमा बसेका सङ्क्रमितमा पनि सङ्क्रमण दर थोरै देखिएको छ । जसले नेपालका लागि कोरोनाको सङ्क्रमण दरले राहत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com