ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्रीले चीनसँगको विवादित सीमा क्षेत्रको भ्रमण गरेपछि चीनले दियो कडा चेतानी


एबीसी न्यूज
असार १९, २०७७ शुक्रबार  ५ : ३७ बजे


काठमाडौं, १९ असार । चीनले सीमा क्षेत्रमा तनाब बढाउने खालको गतिविधि कुनै पक्षले गर्न नहुनेमा जोड दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान चीनसँगको विवादित सीमा क्षेत्रको भ्रमण गरेपछि चीनले यस प्रकारको अभिव्यक्ति दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चाओ लिचियानले भारत र चीन विवादित क्षेत्रको तापक्रम न्यूनीकरण गर्न सैन्य र कुटनीतिक तहमा छलफलमा रहेको बताउनुभयो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिचियानले भन्नुभयो, “यस्तो परिस्थितिमा कुनै पक्षले तनाब बढाउने स्थितिमा रोक लगाउनुपर्छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान लद्दाख र लेह क्षेत्रको भ्रमण गर्नुभएको छ । सुरक्षा विभाग प्रमुख विपिन रावत, प्रधानसेनापति एम एन नरवनेसँगै लेह पुगेका भारतीय प्रधानमन्त्री मोदीले लेहस्थित गुल्ममा अन्तरक्रिया गर्नुका साथै सीमा क्षेत्रका सुरक्षाकर्मीहरुलाई सम्बोधन गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिचियानले भारतले चिनियाँ मोबाइल एप्समाथि लगाएको प्रतिबन्धबारे ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भारतमा चिनियाँ कम्पनीको सञ्चालनको अधिकार सुरक्षित गर्न आवश्यक कानूनी बाटो अपनाउने प्रष्ट्याउनुभयो । भारतले गत् साता टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com