ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाईरसको नक्कली औषधि बनाएको आरोपमा बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध मुद्दा दर्ता


shreedhar Gautam

काठमाडौं, १५ असार । कोरोना भाईरस (कोभिड १९) को नक्कली औषधि बनाएको आरोपमा बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध एफआईआर दर्ता गरिएको छ ।

कोभिड १९ को नक्कली आयुर्वेदिक औषधि बेच्ने षडयन्त्र गरेको आरोपमा योग गुरु बाबा रामदेव र आचार्य बालकृष्णसहित पाँच जनाविरुद्ध भारतीय प्रहरीले पहिलो सूचना रिपोर्ट ( एफआईआर )दर्ता गरेको हो । अब प्रहरीले उनीहरुविरुद्ध अनुसन्धान अगाडि बढाउने छ ।

प्रहरीले रामदेव र आचार्य बालकृष्णसहित अनुराग बस्र्नी, बलवीर सिंह तोमार र अनुराग सिंह तोमारविरुद्ध पनि एफआईआर दर्ता गरिएको छ । आचार्य बालकृष्ण रामदेवले प्रवद्र्धन गरेको पतञ्जली आयुर्वेद लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै अनुराग बस्र्नी नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड रिसर्च (निम्स) का अध्यक्ष र अरु दुई निर्देशक हुन् ।

रामदेव र उनको समूहले केन्द्रिय आयुर्वेदिक मन्त्रालयको स्वीकृतिबिना नै उक्त औषधि बेचेको एफआईआरमा दाबी गरिएको छ । पतञ्जली आयुर्वेदले पाँच दिनअघि कोरोनिल नाम दिइएको आयुर्वेद औषधि सार्वजनिक गर्दै कोभिड-१९ निको हुने दाबी गरेको थियो ।

यो औषधि जयपुर नजिकको निजी संस्था निम्सको सहयोगमा कोरोनाभाइरस संक्रमित बिरामीहरुमा ‘क्लिनिकल ट्रायल’ गरिएको दाबी गरिएको थियो ।

वकिल बलवीर जाखड लगायत केही व्यक्तिले गरेको गुनासोका आधारमा शनिबार जयपुरको ज्योति नगर पुलिस स्टेशनमा एफआईआर दर्ता भएको थियो । त्यहाँका प्रहरी अधिकारी अशोक गुप्ताका अनुसार धेरै गुनासो रामदेवले बिनाआधार औषधि विकास गरेको दाबी गरेको धेरै गुनासा थिए । अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com