ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोग र शोकलाई हराउने प्रचण्ड र ओली


sharan sharan

केही समय अगाडि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी हुनुभो । एउटा ठूलो पार्टीको ठूलो मान्छे बिरामी पर्दा चिन्ता त पक्कै लाग्यो । तर आजको जस्तो सामिप्यता नभएर पनि होला सामान्य रुपमा लिइयो । समय बित्दै गयो केपी ओली अब जम्मा तीन महिना बाँच्ने हल्लाले बजार तात्दै गर्दा अलिकति मन पनि चिसो भयो । गिरिजाप्रसाद कोइरालाको निधन भएपछि मेरो मनमा देशका नेताहरु लामो समय बाँचेर देशलार्इ निकास दिनसक्नु पर्छ भन्ने लाग्थ्यो । त्यस्तो मनमा खेल्दै गर्दा ओली विरामी पर्दा झन खिन्नता बढेको थियो ।

नढांटी भन्दा बाह्र बुंदे सहमति देखि शान्ति प्रक्रियामा आउने बेलासम्म नजिक नभए पनि गिरिजासंगको सामिप्यता भावनात्मक रुपमा अलि बढेछ क्यारे । उनको मृत्युले कांग्रेसमा नेताको अभाब भयो भन्ने पनि लाग्यो । यसरी दशबर्षे जनयुद्ध देखि शान्तिप्रक्रियामा आउने समयसम्म हरेक कारणले पनि नेताहरुको काम, कर्तब्य र महत्त्व झन बढ्दै जानु स्वभाविक थियो । देश बिग्रेर खत्तम भयो भन्दै गर्दा पनि यिनै नेताहरुक‍ो नेतृत्वमा भएका हरेक प्रकृयाहरुलार्इ जनताले आत्मसात गर्नै पर्ने हुन्थ्यो । अनगिन्ति कारणहरु थिए देश कति जिम्मेवार ,नेतृत्व कति जिम्मेवार र आम जनता कति जिम्मेवार ? हामीले हरेक कोणबाट विचार पक्कै गर्नुपर्ने हुन्छ ।

गिरिजाप्रसाद कोइरालाको निधन पश्चात् नेपाली जनताले अर्को कुनै नेता चाहे जुनसुकै पार्टीको होस् गुमाउन पक्कै पनि चाहंदैन्थे । सायद त्यही भएर पनि होला केपी ओलीको बिमार र उनको मृत्युको लागि तोकिएको अवधिले मान्छेहरु चिन्तित देखिन्थे । यो पार्टी उ पार्टी भन्दा पनि गिरिजाको निधनपछि हरेक पार्टीमा सुझबुझवाला मान्छे चाहिन्छ भन्ने सोच थियो जस्तो लाग्छ । यसरी ओलीको मृत्यु घोषित त्यो तीन महिना बजार हल्ला थियो या सांच्चै हेर्न बांकी थियो। त्यति नै समय होला सत्ता परिवर्तनको कुरा पनि चलेको थियो ।चिया पसलदेखि ठूला जमघटमा समेत जम्मा तीन महिना बाँच्ने केपी ओलीलार्इ प्रधानमन्त्री बनाए उनको अन्तिम चाहाना पूरा हुने थियो भन्ने जस्ता कुराहरु पनि चलेका थिए।

केपी ओलीको बिमार के थियो, उनको लागि तोकिएको समय साँच्चै थियो या कुनै चमत्कार भयो भनेर सोचिरहंदा मलाइ लाग्छ नेपाली कम्युनिस्टहरूको बृहत् एकता र आम नेपालीको हितको लागि केपी ओलीको मृत्युले हार खान जरुरी थियो र उनको जीवनले नयां रुप फेर्न आवश्यकता पनि थियो । उनी प्रधानमन्त्री पनि बने । तीन महिना मात्र हैन, अझै लामो आयु केपी ओली बाँच्नु पर्छ नेपाली जनताका लागि । आज देशमा बृहत् बाम एकताको अभियानमा लाग्नुभएका केपी ओलीले हामीले सुनेको सत्य भए पनि मृत्यु जितेर जीवन प्राप्त गरेका छन् । सांच्चै यो जीवनले आम नेपालीको जीवनलार्इ बदल्न सांच्चिकै सहयोग गर्नेछ किनकी मृत्यु जितेर जीवन प्राप्त गरेका ओली जनताको लागि देशको लागि अनि आम नेपालीको जीवनस्तर बदल्ने अभियानमा लागेका छन ।

नेपाली जनताको मुक्तिको लागि संघर्ष गरेर दश बर्षे जनयुद्ध देखि शान्ति प्रक्रियासम्म आइपुग्दा जनताको रग रगमा बसेका पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको नेतृत्वमा वाम एकताले ऐतिहासिक मोड लिएको छ । सायद यसैलार्इ संकेत गर्दै केपी ओलीले संसदमा भनेका थिए समय रोकिएको छैन चालुछ । जवाफकै क्रममा प्रचण्डले भनेका थिए यो निरन्तरतामा क्रमभंग हो । परिस्थिति हेरेर निकै महत्त्वपूर्ण समयमा यस्तो हुने गर्छ र यो हुनु पनि पर्छ । आखिर असोज सत्र गते भयो त्यस्तै । यही अभियनामा जब बामगठबन्धनले नयाँ रुप लियो आम चुनावमा यौटै नाराको साथ अगाडि जाने निर्णय गर्दै चुनाबी दौडाहामा होमिए उनीहरू । त्यतिनै बेला पुष्पकमल दाहाल प्रचण्डका एकमात्र छोरा प्रकाशको (हटयट्याक) हृदयघातका कारण निधन भयो । सिंगो देश प्रचण्डको वियोग र हालतलाई लिएर स्तब्ध हुन पुग्यो । जनताको मुक्तिको लागि बृहत् शान्ति सम्झौतामा आएर बाम एकताको माध्यमबाट देश बदल्न हिडेको सिपाहीलाई पर्न गएको चोटले जनताहरु निरास बने।कतै पुत्र वियोगले यौटा कर्मठ सिपाहीले मैदान छोड्नु पर्नेत हैन ? तर शोकलार्इ शक्तिमा बदल्दै जब प्रचण्डले छोराको मृत्यु शैयाबाटै हात उठाएर आम नेपालीलार्इ सांकेतिक सम्बोधन गरे सिंगो देश भाविह्लल बन्यो । देशमा प्रचण्ड जस्तो अर्को नेता हुनै नसक्ने कुरा प्रमाणित भयो ।

शोकलाई शक्तिमा बदल्दै चुनाबी अभियानमा देशको भबिष्य बोकेर आफुभित्रका अनगिन्ती कठिनार्इसंग संघर्षरत केपी ओली र प्रचण्डलाई जनताले किन साथ दिने यो प्रश्नको उत्तर पक्कै पनि आम नपाली जनताले आफुभित्रबाटै पाइसकेको हुनुपर्छ ।जनताको लागि जस्तो पनि त्याग गर्न सक्ने र राजनेता बन्न योग्य यी दुई पात्रहरुको आगामी लक्ष्य पक्कै पनि बृहत् बाम एकताको साथ देशलार्इ अगाडि बढाउनु हुनेछ । त्यसैले पनि केपी ओली र प्रचण्डनै नेपाल र नेपाली जनताको भविष्यको संबाहक हुन् भन्दा फरक नपर्ला ।अरु नेताहरुको पनि आ–आफ्नै योगदान छ देशको लागि । कांग्रेस ,कम्युनिस्ट भन्दा पनि बृहत् देशको हितलार्इ आत्मसात गर्ने मान्छे को हुन् र उनीहरुले जनताको लागि आफुलाइ कति प्रतिवद्ध देखाउने आँट गरे यो महत्वपूर्ण हुने रहेछ । फेरि पनि भन्न सकिन्छ आफ्नै बहुप्रचारित मृत्युलाई जितेका ओली र साह्रै गह्रौ शोकको भारीलाई समेत सहजै पचाएर देशका लागि होमिएका प्रचण्डलाई जनताले अबसर दिनै पर्छ । जनताले सही समयमा सही निर्णय गर्नै पर्छ । राजनीतिक अस्थिरताको दुष्चक्र बदलेर स्थायित्वका लागि पनि एकपटक बामगठवन्धनले अवसर पाउनै पर्दछ । अहिले बाम गठवन्धनको अर्को बलियो विकल्प पनि त छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com