ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा आयो कोरोनाबिरुद्धको भ्याक्सिन टेस्टको उत्साहजनक प्रारम्भिक नतिजा


एबीसी न्यूज
जेष्ठ ६, २०७७ मंगलबार   ९ : ०८   बजे

अमेरिका , ६ जेठ ।  अमेरिकामा कोभिड १९ बिरुद्धको एउटा भ्याक्सिन टेस्टको प्रारम्भिक नजिता निकै उत्साहजनक आएको छ । अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले पहिलो क्लिनिकल टेस्टको नतिजा निकै उत्साहजनक आएको सोमबार बताएको छ ।

उक्त कम्पनीले पहिलो चरणमा केही स्वयंसेवकहरुमा भ्याक्सिनको परीक्षण गरेको थियो । भ्याक्सिन दिइएका आठजनामा भ्याक्सिनले इम्युन रेस्पोन्स उत्पादन गरेको छ । एमआरएनए १२७३ नामको उक्त भ्याक्सिनले इम्युनको विकाश गरेको पहिलो चरणको डाटामा देखिएको छ ।
मोडेर्नाका प्रमुख मेडिकल अफिसर टाल ज्याक्सले यो परीक्षणबाट कोभिड १९ रोगलाई निरोध गर्नसक्ने सम्भावना उजागर भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समाचारको स्वागत गरेका छन् ।

मोडेर्ना कम्पनी झण्डै ९ बर्षअगाडि स्थापना गरिएको कम्पनी हो । कम्पनीले यो भ्याक्सिन सुरक्षीत र राम्ररी सहनसकिने खालको रहेको बताएको छ । भ्याक्सिन लगाउँदा सामान्य रुपमा चसक्कमात्र हुने र लगाएको ठाउमा अलिअलि रातो हुने जनाइएको छ ।

अमेरिकी सरकारले मोडेर्नाको भ्याक्सिन क्यान्डिडेड विकाशका लागि झण्डै ५ सय मिलियन डलर लगानी गरेको छ । यो भ्याक्सिन एन्थोनी फौजी नेतृत्वको नेशनल इन्स्टीच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजसँगको सहकार्यमा विकाश गरिदै छ ।

अहिलेसम्म १८ देखि ५५ बर्षसम्मका १५ बिरामीहरुलाई भ्याक्सिनका तीन भिन्न डोजहरु दिइएको छ । प्रारम्भिक नतिजा उत्साहजनक रहेपनि पूरै नतिजा भने आएको छैन ।

दोश्रो चरणमा अगाडि बढ्नका लागि मोडेर्नाले एफडीएबाट स्वीकृतिको ग्रिन सिग्नल पाइसकेको छ । जुन ६ सय जनामा परीक्षण गरिनेछ । तेश्रो चरणको परीक्षण निकै बृहत हुनेछ भने यो परीक्षण जुलाईमा सुरु हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरीसम्म आफूले ३ सय मिलियन भ्याक्सिनको डोज चाहेको बताएका छन् । ट्रम्प प्रशासनले त्यसका लागि मोडेर्ना, जोन्सन एण्ड जोन्सन र फ्रान्सको सानोफीलाई फण्ड उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इजरायल–हिजबुल्लाहबीच पुनः युद्धविराम: दक्षिण लेबनानमा हिंसा चर्किएपछि अमेरिका–इरान वार्ता रद्द

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

सम्बन्धित

ट्रम्पले ‘तस्बिर खिच्न बिन्ती गरिन्’ भन्ने अभिव्यक्तिप्रति प्रधानमन्त्री मेलोनीको कडा प्रतिवाद

इजरायल–हिजबुल्लाहबीच पुनः युद्धविराम: दक्षिण लेबनानमा हिंसा चर्किएपछि अमेरिका–इरान वार्ता रद्द

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group