ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस सङ्क्रमण: कोभिड-१९ भयो भने हाम्रो शरीरमा के हुन्छ?


एबीसी न्यूज

 

छिउँतस्वीर कपीराइटGETTY IMAGES

गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोनाभाइरस र यसले लगाउने रोग कोभिड-१९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ।

कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ।

यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ? यसका कारण किन मानिसको ज्यान जान्छ?

यसको उपचार कसरी भइरहेको छ त?

सङ्क्रमणकाल

मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ। त्यसलाई ‘इन्क्युबेशन पीरीअड’ अथवा सङ्क्रमणकाल भनिन्छ।

त्यो बेला भाइरसहरूले तपाईँको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन्।

यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईँले सास फेर्दा कोरोनाभाइरस (औपचारिक नाम Sars-CoV-2) शरीरमा पस्न सक्छ। दूषित वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि कोरोनाभाइरस शरीरमा छिर्न सक्छ।

त्यसले पहिला तपाईँको घाँटीभित्रका कोष, सासनली र फोक्सोलाई असर गर्न थाल्छ। बिस्तारै ती अङ्ग कोरोनाभाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन्। तिनले तपाईँका थप कोषलाई आक्रमण गरेर तिनमा आफ्नो अधिकार स्थापित गर्छन्।

कोरोनाभाइरस

प्रारम्भिक अवस्थामा तपाईँ बिरामी पर्नुहुन्न। केही मानिसलाई त कहिल्यै कुनै लक्षण नै देखिँदैन।

भाइरस स्थापित हुने सङ्क्रमणकालीन अवधि सरदर पाँच दिनको भएको पाइएको छ।

सामान्य रोग

अधिकांश सङ्क्रमित मानिसले यो बेहोर्नुपर्छ।

कोभिड-१९ भन्ने रोग १० मध्ये आठ जनाका लागि सामान्य रोग हो। उनीहरूलाई रुघा लाग्ने र ज्वरो आउने गर्छ।

शरीरका अङ्ग दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या हुन सक्छन्। तर ती लक्षण देखिन्छन् नै भन्ने छैन।

ज्वरो आउनु र असहज महसुस गर्नु तपाईँको प्रतिरक्षा प्रणाली सक्रिय भएर त्यसले सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको परिणाम हो। यस्तो बेला भाइरस कुनै बाह्य तत्त्व हो भन्ने बुझेर त्यसविरुद्ध लड्न उक्त प्रणालीले साईटकाईन नामक प्रोटीन परिचालन गर्छ।

यस्तो बेला प्रतिरक्षा प्रणाली पूरै सक्रिय हुन थाल्छ। तर सँगसँगै शरीरमा पीडा हुने र तापक्रम बढ्ने अर्थात् ज्वरो आउने हुन्छ।

कोरोनाभाइरस सङ्क्रमण भएको बेला सुक्खा खोकी लाग्छ। त्यति बेलासम्म भाइरसहरू कोषमा बिस्तारै सक्रिय हुन थाल्छन्।

केही मानिसलाई खकार पनि आउन थाल्छ।

  • कोरोनाभाइरस सङ्क्रमण: चीनभित्र भन्दा बाहिर धेरै
  • कोरोनाभाइरसबाट ‘जोगिन’ मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु

यस्ता लक्षण देखिएमा बिरामीलाई ओछ्यानमा आराम गर्न लगाइन्छ र पर्याप्त झोल कुरा खान दिइन्छ। प्यारासिटामोल पनि दिइन्छ। यति बेला अस्पताल नै लगेर विशेष उपचार गर्न आवश्यक हुँदैन।

एक हप्तासम्म रहन सक्ने यो अवस्थामा प्रतिरक्षा प्रणाली सक्रिय भएका कारण अधिकांश बिरामीहरूलाई निको हुन्छ।

तर केही केहीलाई गम्भीर प्रकारको समस्या उत्पन्न हुन सक्छ।

Presentational white space
फोक्सोतस्वीर कपीराइटGETTY IMAGES
Presentational white space

अहिलेसम्म हामीले बुझेको यत्ति नै हो।

तथापि नयाँ अध्ययनले कोही बिरामीको नाकबाट धेरै सिँगान आउने गरेको पनि देखाएको छ।

गम्भीर रोग

यदि रोग अझै गम्भीर हुँदै गयो भने भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीको अधिक सक्रियता त्यसको कारण हुन सक्छ।

प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले शरीरमा जलन हुन सक्छ। तर त्यसलाई सावधानीपूर्वक सन्तुलन मिलाउनुपर्ने हुन्छ। धेरै जलन भइरहे शरीरमा निकै धेरै हानि पनि हुन सक्छ।

“भाइरसले प्रतिरक्षा प्रणालीमा असन्तुलन ल्याउन थाल्यो भने शरीरमा धेरै जलन हुन सक्छ, त्यस्तो बेला के भइरहेको हो थाहा नहुन पनि सक्छ,” किङ्स कलेज लन्डनकी चिकित्सक नथाली म्याक्डर्मट भन्छिन्।

  • युरोपमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढ्यो
  • हामी अनुहार नछोईकन किन बस्न सक्दैनौँ

फोक्सोमा हुने जलन नै निमोनिया हो।

मुखबाट सासनली हुँदै हामीले फेर्ने सास अर्थात् वायु फोक्सोमा भएका ससाना कोठामा पुग्छ।

फोक्सो
Presentational white space

त्यही कोठाबाट अक्सिजन रगतसँग मिसिन्छ र कार्बनडाईअक्साईड बाहिर निस्किन्छ। तर निमोनिया हुँदा ती साना कोठा पानीले भरिन थाल्छन् र त्यसै कारण सास फेर्न कठिन हुन्छ।

यस्तो बेला कसैकसैलाई त सास फेर्न सहज बनाउने भेन्टिलेटरको सहायता चाहिन्छ।

चीनबाट प्राप्त तथ्याङ्कअनुसार १४ प्रतिशत बिरामी यस्तो अवस्थामा पुगेका छन्।

अतिगम्भीर रोग

बिरामी भएका छ प्रतिशत व्यक्ति मात्र अति गम्भीर बिरामी हुने गरेको पाइएको छ।

यति बेलासम्म शरीर निस्तेज हुन थाल्छ र मृत्यु हुने सम्भावना बढी हुन्छ।

उपचारतस्वीर कपीराइटGETTY IMAGES
Presentational white space

यति बेला मानिसको रोग प्रतिरोध गर्ने प्रणाली नियन्त्रणभन्दा बाहिर पुगिसकेको हुन्छ र पूरै शरीरभित्र क्षति पुगिरहेको हुन्छ।

यस्तो बेला बिरामीको रक्तचाप डरलाग्दो तहमा झरेर अङ्गहरूले काम नगर्ने वा पूरै विफल हुने ‘सेप्टिक शक’ भनिने अवस्था आउन सक्छ।

फोक्सोमा धेरै जलन भएर बिरामीले सास फेर्न नसक्ने अवस्था उत्पन्न भएपछि बाँच्नको लागि पर्याप्त अक्सिजन प्राप्त हुँदैन। त्यस्तो बेला मिर्गौलाले रगत सफा गर्न पनि सक्दैन आन्द्रामा समेत क्षति पुग्न थाल्छ।

  • कोरोनाभाइरसविरुद्ध निर्मित खोपको पहिलो मानव परीक्षण अमेरिकामा
  • कोरोनाभाइरसबारे यी दाबी जुन तपाईँले बेवास्ता गर्नुपर्छ

“भाइरसले यति धेरै जलन गराउन थाल्छ कि तपाईँको धेरै अङ्गहरूले काम गर्न छोडिदिन्छन्,” डा. भरत पाखानियाले भने।

यदि प्रतिरक्षा प्रणालीले भाइरसलाई जित्न सकेन भने त्यो शरीरको सबै भागमा पुग्न थाल्छ र त्यसले अझै धेरै क्षति पुर्‍याउन थाल्छ।

यस्तो बेलामा गरिने उपचार अलि बढी नै कडा हुने गर्छ। यस्तो बेला एम्को भनिने बाहिरी यन्त्रको सहायताले रगतमा अक्सिजन दिने प्रणाली प्रयोग गरिन्छ।

त्यो कृत्रिम फोक्सोजस्तै हो जसले शरीरको रगतलाई बाक्लो नलीको सहायताले बाहिर निकाल्छ त्यसमा अक्सिजन भर्छ र फेरि भित्र पठाउँछ।

तर भाइरसको प्रभाव बढ्दै गएमा क्षति खतरनाक तहमा पुग्छ। त्यति बेला अङ्गहरूले शरीरलाई जीवित राख्न सक्दैनन्।

कुनकुन रोग विश्वव्यापी महामारी बनेका थिए?

प्रारम्भिक मृत्यु

चिकित्सकहरूले यथासम्भव प्रयास गर्दा पनि केही बिरामीलाई बचाउनै नसकिएको अनुभव बताएका छन्।

वुहानको जिन्यितान अस्पतालमा मृत्यु भएका पहिला दुई बिरामीका विषयमा ल्यान्सिट मेडिकल जर्नलमा लेखिएको छ। स्वस्थ भए पनि उनीहरूले लामो समयदेखि धूमपान गर्ने गरेका थिए जसका कारण उनीहरूको फोक्सो कमजोर भएको थियो।

पहिलो बिरामी एक ६१ वर्षीय पुरुष थिए जो गम्भीर निमोनियाबाट पीडित भएपछि अस्पताल पुगेका थिए।

उनलाई सास फेर्न निकै कठिन भइरहेको थियो र भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनको मुटुले पनि काम गर्न छोड्यो।

  • संवेदनशील विवरण चोर्न कोरोनाभाइरस महामारीको यसरी आड लिन्छन् ह्याकरहरू
  • कोरोनाभाइरस महामारीसँग मिल्दोजुल्दो कथा भएको यो चलचित्र एक दशकअघि बनेको थियो

अस्पताल भर्ना गरिएको ११ दिनपछि उनको ज्यान गयो।

अर्का बिरामी पनि ६९ वर्षीय पुरुष थिए। उनलाई सास फेर्न गाह्रो हुने व्यथा लागेको थियो।

उनको उपचार गर्न एम्को नामक उपकरण प्रयोग गरियो। तर त्यो पर्याप्त भएन। गम्भीर निमोनिया र रक्तचाप निकै तल झरेपछि सेप्टिक शकका कारण उनको मृत्यु भयो।

बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com