ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटै क्षेत्रबाट तीन पूर्वराज्यमन्त्री चुनावी प्रतिस्पर्धामा


ABC News

नवलपरासी, १३ मंसिर (रासस) ः नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तीमध्ये निर्वाचन क्षेत्र नं २ बाट मात्र तीन पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् ।

दोश्रो चरणअन्तर्गत मंसिर २१ गते हुने यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ । दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट स्वतन्त्र राजनीतिक समूहका अगुवा एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठी र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका नेता देवकरणप्रसाद कलवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

सो क्षेत्रबाट विसं २०७० भन्दा अगावै भएका निर्वाचनमा त्रिपाठी र २०७० सालको निर्वाचनमा कलवार विजयी भएका थिए । विगतका निर्वाचनमा पनि यो क्षेत्रमा त्रिपाठी र कलवारबीच नै द्विपक्षीय प्रतिस्पर्धा हुने गरेको थियो । यस पटकको निर्वाचनमा पनि त्रिपाठी र कलवारबीच नै मुख्य प्रतिस्पर्धीका रुपमा देखिएको छ । सो निर्वाचन क्षेत्रमा एक लाख दुई लाख ३७६ मतदाता छन् ।

यसैगरी निर्वाचन क्षेत्र नं २ मा तीन पूर्वराज्यमन्त्री चुनावी प्रतिस्र्धामा हुनुहुन्छ । लोकतान्त्रिक गठबन्धनबाट पूर्वगृहराज्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, वाम गठबन्धनबाट पूर्वस्थानीय विकास राज्यमन्त्री एवम् माओवादी केन्द्रका नेता घनश्याम यादव र पूर्वशिक्षा राज्यमन्त्री एवम् राजपाका नेता गोविन्द चौधरी चुनावी प्रतिस्पर्धीमा हुनुहुन्छ ।

सो क्षेत्रमा कँडेल र यादवबीच नै कडा प्रतिस्पर्धा रहेको देखिन्छ । कँडेलले ०५१ र ०५६ सालको निर्वाचनमा यस क्षेत्रबाट विजयी हुनुभएको थियो भने रुपन्देही घर भए पनि यादव सोही क्षेत्रमा राजनीतिमा सक्रिय हुनुहुन्छ । चौधरी पनि यस क्षेत्रमा राजनीतिमा क्रियाशील भएका उम्मेदवार हुन् ।

यस क्षेत्रमा कुल एक लाख पाँच हजार ८६९ मतदाता छन् । यतिखेर उम्मेदवारहरु मतदातालाई रिझाउन विभिन्न भेला, सभा, सम्मेलन, घरदैलो लगायतका चुनावी प्रचार प्रसार कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका लागि चार निर्वाचन क्षेत्र छन् । दुबै निर्वाचन क्षेत्र गरी कुल दुई लाख आठ हजार २३७ मतदाता छन् ।

निर्वाचन क्षेत्र नं १ प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता विक्रम खनाल र वाम गठबन्धतबाट नेकपा (एमाले)का नेता दीपेन्द्र अधिकारी मुख्य प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ । खनाल २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो भने अधिकारी सो निर्वाचनमा उहाँको निकटतम प्रतिद्वन्दीको रुपमा हुनुहुन्थ्यो ।

यसैगरी प्रदेशसभा सदस्य ‘ख’ मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका नेता मुकुल आचार्य र वाम गठबन्धनबाट स्वतन्त्र राजनीतिक समूहका नेता अजय शाहीबीच मुख्य प्रतिस्पर्धी रहेका छन् ।

निर्वाचन क्षेत्र नं २, प्रदेशसभा सदस्य ‘क’ मा वाम गठबन्धनबाट नेकपा एमालेका केन्द्रीय सदस्य वैजनाथ चौधरी र लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता गुणनिधि तिवारीबीच मुख्य प्रतिस्पर्धा रहेको छ । चौधरी ०७० सालमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो भने तिवारी पार्टीका पूर्वक्षेत्रीय सभापति एवम् वर्तमान उद्योग वाणिज्य महासंघ ५ नं प्रदेशका संयोजकसमेत हुनुहुन्छ । अघिल्लो निर्वाचनमा चौधरी र तिवारी सोही क्षेत्रमा प्रतिस्पर्धीका रुपमा हुनुहुन्थ्यो ।

निर्वाचन क्षेत्र नं २, प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता वैजनाथ जयसवाल र वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कनौया राजभर मुख्य प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ । जयसवाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र राजभर पनि व्यापारी नै हुनुहुन्छ ।

नवलपरासीमा (बर्दघाट सुस्ता) पश्चिम जिल्लामा कुल १२० मतदानस्थल र २५७ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये दुई मतदानस्थल अति संवेदनशील र २६ मतदानस्थल संवेदनशीलरुपमा रहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com