ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तारे होटलमा सेमिनार गर्दैमा रोकिन्न महिला हिंसा


sharan sharan

काठमाण्डौं, १२ मंसिर । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभरि महिला हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमहरु गरेर मनाइदैछ । हिंसाका बिभिन्न स्वरुपहरू देखिएका छन् । हाम्रो जस्तो विकासोन्मुख देशमात्र होइन, शिक्षित र साधन, स्रोतले सम्पन्न मुलुकमा पनि हिंसाका घटनाहरू न्युनमात्रामा बाहिर आउने गर्छ । हिंसालाई लुकाउनु र सहेर बस्ने प्रवृत्तिले हिंसालाई अझ बढी प्रोत्साहित गरेको छ । यसैले हिंसा विरुद्धको मौनता संस्कृतिको अन्त्य गर्दै हिंसा विरुद्ध बोल्ने र प्रतिकार गर्ने गर्नुपर्छ । हिंसा पीडितहरूले न्याय पाउनुपर्छ र हिंस्रकहरू पनि हिंसा गर्न उत्प्रेरित हुदैनन् । महिला विरुद्धको हिंसाको सोह्र दिने अभियान संचालन गरिरहँदा हिंसाका महिला हिंसाका घटना बाहिर नआएका होइनन् ।

‘लैगिंक हिंसा अन्त्यका लागि सबै जुटौं कोही नछुटौं’ भन्ने नारासहित शनिबारदेखि देशव्यापी रूपमा अन्तराष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । यस क्षेत्रमा क्रियाशिल संस्थाहरूले अरबांै रकम तारे होटलमा गोष्ठी, सेमिनार गरेर सक्ने गर्छन् । तर महिला हिंसाविरुद्धका चेतनामूलक कार्यक्रम गरेर प्रगति यति भयो भनेर बर्षेनी सुधार भएको आंकडा पनि निकाल्छन् । तर यसै क्षेत्रमा काम गर्नेहरुले महिला आफ्नै श्रीमान् घरपरिवारबाट हिंसित हुने घट्ना झन् बढ्दै गएको छ ।

नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिंसा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको शिकार भैरहेका छन् । पम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताले महिलालाई असमान त बनाएकै छ । देशमा विद्यमान कतिपय कानुनी व्यवस्थाले समेत महिलाको हैसियतलाई समान बनाउन सकेको देखिँदैन । देशमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन् तर ती परिवर्तनलाई निर्णायक बिन्दुमा पु¥याउन आफ्नै तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरूको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन । समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनता जस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणका रूपमा देखिएका छन् ।

श्रीमानले बहुविवाह गरेर अघिल्ली श्रीमती तथा सन्तान प्रतिको जिम्मेवारी पूरा नगर्ने र कतिपय अवस्थामा घरबाट निकालिदिने अवस्थाका साथै महिलाहरू वैवाहिक बलात्कारबाट पनि उत्तिकै सताइएका छन् । त्यस्तै सामाजिक तहमा हुने विभिन्न खालका हिंसाबाट पनि महिलाहरू उत्तिकै पीडित हुने गरेका छन्। कामकाजमा रहेका महिलाविरुद्ध विभिन्न किसिमका टिप्पणी गरेर गरिने चरित्र हत्या, सार्वजनिक स्थल तथा सवारी साधनहरूमा दुव्र्यवहार एवं अपशब्दहरूको प्रयोग, काम गर्ने ठाउँमा हुने हिंसाजन्य व्यवहार व्यापक रूपमा हुने भए पनि सामाजिक तहमा भने यस्ता घटनालाई सामान्य ढंगले मात्र हेर्ने गरिएको छ ।
पछिल्लो समयमा महिला तथा बालिकामाथि हुने बलात्कारका घटना असामान्य ढंगबाट वृद्धि भैरहेका छन् । कतिपय बलात्कारका घटनामा बलात्कारपछि पीडित हत्यासमेत हुने गरेको छ । बोक्सीको आरोपमा असहाय महिलाहरू मारिनेदेखि लिएर हदैसम्मको निकृष्ट व्यवहार सहन बाध्य छन्। त्यस्तै प्रथा र परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रता एवं अधिकारबाट वञ्चित हुँदै अझै पनि महिलाहरू देउकी र झुमाको जिन्दगी जिइरहेका छन् भने नेपालको पश्चिमी भेगमा कायम छाउपडी प्रथाका कारण महिलाहरू अहिलेसम्म पनि कुन तहको जीवन बाँचिरहेका छन् भन्ने प्रश्न खडा भएको छ ।

यौन व्यवसाय, सर्कसलगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा बर्सेनि हजारौँको संख्यामा महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदै आएको छ । त्यस्तै रोजगारीका लागि खाडी लगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रूपमा काम गर्ने महिलाहरूको शोषण एवं अत्याचार पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन्।

समाजमा अझै नारीलाई तल्लो तथा कमजोर जातिको रुपमा लिइन्छ । स्रोत र साधनमा महिलाको न्यून पहँुचका कारण समाजले दिगो आर्थिक बृद्धि गर्न सकेको छैन । नेपालमा राजनीतिक दलहरुले संविधानसभा ३३ प्रतिशत सहभागिताको अवसर दिएपनि सो पुग्न सकेको छैन । अवसर पाएका महिलाले राम्रो नतिजा प्राप्त गरेको गरेको उदाहरण जगजाहेर नै छ । महिलाहरुलाई पछाडि पार्नुको एउटै मुख्य कारण पितृसत्तात्मक सोच र राज्य व्यवस्था नै हो । जसले महिलाहरुलाई अगाडि बढ्ने अवसर दिएमा पुरुषलाई नै पछाडि पार्छन् कि भन्ने सोचले नीति निर्माण तहका पुरुषहरुले त्यसो गर्न अन्कनाइ रहेकाछन् ।
जब एक घरमा शिक्षित आमा भए परिवारै शिक्षित गराउन सक्नेछिन् भन्ने कुरालाई आजको समाजले स्वीकारेकै छ । त्यसैगरी परिवार सक्षम र शिक्षित भए गाउँ, समाज र राष्ट्र हुँदै विश्व नै शिक्षित र सक्षम हुनसक्छ । यसरी एक नारीको देनले राष्ट्र निर्माणमा ठूलो योगदान पु¥यांछ ।महिला सशक्तिकरणका कुरा नउठेको त्यस्तो औपचारिक कार्यक्रम सायदै होला। नेपाल सरकारले आयोजना गरेको होस वा बिभिन्न संघ संस्था, सरकारी, गैर सरकारी निकायले आयोजना गरेको राजनीतिक, आर्थिक, प्रशासनिक, सामजिक जुनसुकै कार्यक्रममा आमान्त्रित राष्ट्रपतिदेखि राज्यमन्त्रीहुँदै विभिन्न अतिथिहरुले भन्न नछुटाउने विषयमध्ये महिला सशक्तिकरण एक हो।

परापूर्व कालदेखि बिभिन्न वाहानामा महिला विरुद्ध शोषण, विभेद र उत्पिडन संसार भर हावी त छँदैछ त्यसमा पनि दक्षिण एसिया अझ भनौं नेपालका घटना क्रममा त बिभिन्न ब्यक्तित्वका कलम चल्न बाध्य नै छन्। इतिहसलाई फर्केर हेर्दा नेपाली नारीहरुका लागि सारै दर्दनाक, भयामह, हृदय विदारक र अत्यन्त कालो इतिहास तपाइ हाम्रा सामु खडा छ ।
डाँडापारीको घाम भएका उमेरमा पाका बुढासँग इच्छा विपरित विवाह वन्धन्मा वाँधिनुपर्ने बाध्यता एकातर्फ थियो भने अर्को तर्फ लोग्ने मरेर जाँदा सतीको रुपमा जिउँदै चितामा चढी आगामा जल्नु पर्ने प्रचलन । कतिसम्म भने राजा योगनरेन्द्र मल्ल मर्दा ३१ जना रानीले सति जानुपरेको हाम्रो देश सतिले सरापेको देश भनि त्यसै भनिएको होइन रहेछ ।

चन्द्र सम्शेरले १९७७ मा सतिप्रथाको अन्त्य गरेसँगै नेपाली नारीहरुको सबै भन्दा ठूलो उपलब्धिका रुपमा इतिहास साक्षी छ । नेपाली सामाजको आधुनिकता तर्फ तिब्र रुपान्तरणसँगै समयले कोल्टे र्फेयो । शिक्षाको महत्व दरवारीया, राणा र विलाशी परिवारमा मात्र नभइ मध्यम वर्गका केही मानिसले महसुस गर्ने थाले । संस्कृत पाठशालहरुमा सर्वसाधारणको पनि केही पहुँच पुग्न थाल्यो। शिक्षाको अवसरवाट पिल्सिएको नेपाली समाजले उपत्यका बाहिर बिभिन्न पाठशालाहरुको स्थापनासँगै गर्विलो राहतको महसुस ग¥यो । यसरी नेपाली समाज बामे सर्दै–सर्दै आजको यो स्थितिमा आइपुगेको छ ।

नेपालमा महिलाको मौलिक हक, अधिकार, उत्थान र सशक्तिकरणका लागि बिभिन्न संघ संस्थाहरु स्थापना भएसँगै अहोरात्र खटीएका छन् । अन्तर्रा्िष्ट्रय नारी दिवस, अन्तर्रा्िष्ट्रय विद्वा दिवस वा तीज नै मनाएर मात्र नारी हक अधिकारको सम्मान हुँदैन । जबसम्म समान अवसर र राज्य सञ्चालनको सबै अङ्गमा पुरूष सो सरह सहभागिता हुँदैन तबसम्म खोक्रा कागजमा मात्र दिइएका आरक्षणको सुनिश्चितताले कुनै प्रभाव पार्दैन ।

जबसम्म नारीमा हक अधिकार सम्पन्नताको अभाव रहन्छ तबसम्म कुनै पनि देश विकासको कल्पना गर्नु कृष्ण बिनाको महाभारतको युद्ध कल्पना गर्नुसरह हुन्छ । नेपाललाई विश्वसामु चिनाउन बिगतदेखि वर्तमानसम्म महिलाहरुको भूमिका अतुलनीय छ । हाल राष्ट्रको उच्च तहमा महिलाहरू नै छन् । जस्का उदाहरणहरू विद्यादेवि भण्डारी , सुसिला कार्कि , ओन्सरि घर्तीमगर ,अनुराधा कोइराला, पुष्पा बस्नेत आदि रहेका छन् ।

समृद्ध र सिर्जनशील समाजको स्थापनका लागि महिलाहरु आफ्ना हक र अधिकार प्रति जागरुक हुनु पर्ने जरुरता एकातर्फ छ भने अर्कोतर्फ महिला–महिला बीचको बिभेद अन्त्य हुनु आवश्यक छ । महिलाहरु मानसिक, बौद्धिक र तार्किक रूपमा जति तृष्णा हुन्छन् त्यति नै शारीरिकरुपमा पनि भन्ने ज्ञानको विजारोपण महिलाहरुमा मात्र नभएर पुरुषहरुमा पनि गर्नु आवश्यक छ। जसले भौतिक र नैतिक दुबै रुपमा सुदृढ समाज निर्माणमा महिला र पुरुष दुबैलाई बराबर हिस्सेदारको रुपमा चित्रित गर्दछ । महिला गतिशील भइ सामाजिक बन्देजबाट माथि उठे भने धेरै ज्ञानगुनका कुराहरु अरुलाई पनि सिकाउँछिन् । महिलाको स्वास्थ्य राम्रो भयो भने सो घरको वातावरण पनि स्वास्थ्य बनाउन सक्छिन् । तसर्थ हाम्रो समाजलाई अगाडि बढाउन शिक्षा, स्वास्थ्य, रोजगार, नीति निर्माण, महिला मैत्री कानुन, आय आर्जनमा महिलालाई सशक्त गराइ देश विकासमा लाग्नुपर्दछ । त्यस्तै कागजी दस्तावेजमा मात्र सीमित रहन पुगेको महिला सशक्तिकरण शिक्षा, स्वास्थ्य र रोजगारमा मात्र हुँदैन । देशको महत्वपूर्ण क्षेत्रमा पनि महिलाको समावेशी र निर्णयात्मक भूमिका रहनुपर्छ । तबमात्र महिलामैत्री कानून बन्छ र बनेका नीति तथा कार्यक्रम लागू तथा कार्यान्वयन हुन्छ । महिलाले कुनैपनि काम सुरु गर्नुभन्दा पहिले उसको श्रीमान्, घरपरिवार, समाज तथा आज्ञा अनुमति लिनुपर्ने हुन्छ तर त्यही कार्य गर्न पुरुषले स्वतन्त्रता पूर्वक गर्नसक्ने हाम्रो सामाजिक संस्कार छ ।
त्यसैले महिला सशक्तिकरण गर्न सबैभन्दा पहिले सामाजिक दृष्टिकोण, सामाजिक मूल्य र मान्यता, सामाजिक संस्कार र परिस्थितिलाई नै परिवर्तन गर्न लागि पर्नुपर्छ ।महिलाले शिक्षा, स्वास्थ्य, रोजगार, गतिशीलता, आयआर्जनमा सहभागिता, नीतिनिर्माणमा निर्णयात्मक भूमिका महिला मैत्री कानुन निर्माण र कार्यान्वयन आदि विषयहरुमा गहिरिएर सबै क्षेत्रबाट लाग्नुपर्ने हुन्छ ।

मुलुकको जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलालाई चेतनशील बनाई घरेलु हिंसा र विभेदको चपेटाबाट मुक्त गर्न नसकिएसम्म समाज रूपान्तरण सम्भव हुँदैन । अतः राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरूको यसतर्फ गम्भीर ध्यान जानु जरुरी छ । २१औं शताब्दीको यस कालखण्डसम्म आइपुग्दा पनि हाम्रो समाजमा लैंगिक हिंसा कायम रहनु बिडम्बना हो । यस पृष्ठभूमिमा हरेक नेपाली दाजुभाइ तथा दिदीबहिनीले आफूलाई लैंगिक हिंसाविरुद्ध उभ्याउने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । यसो हुन सकेमा महिला हिंसा न्युनिकरण हुन सुक्छ ।महिला हिंसा घट्नुको सट्टा उल्टै बढ्दै गएको छ । सरकार,एनजीओ र आइएनजीओले बर्षेनी अरबै रकम खर्च गरेपनि बालुवामा पानी झैं भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com