कञ्चनपुर २२ असार । कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उमेदबार विजयी भएका छन् ।
घोषित परिणाम अनुसार माओवादी केन्द्रका पोतिलाल चौधरी ६७६४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन भने उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका पल्लवराज भट्टले ६ हजार ४०७ प्राप्त गरेका थिए । कांग्रेसका हरेन्द्र विष्टले ५ हजार ४१२ मत प्राप्त गरेका थिए ।
प्रमुखमा माओवादीले जित्दा उपप्रमुख भने नेकपा एमालेले जितेको छ ।
एमालेकी चित्रा चौधरी ६ हजार ७४८ मत ल्याएर विजयी हुंदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी राधा कंडेलले ६१६१ मत ल्याएकी थिइन । कांग्रेसकी खिना भण्डारीले ५ हजार ६२७ मत प्राप्त गरिन । बैलौरी नगरपालिकाको वडा नं १,५,६ र १० मा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार विजयी भएका छन्।
वडा नं २, ४, ८ र ९ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार विजयी भएका छन्। ३ नम्बर वडामा भने कांग्रेसले जितेको छ ।








प्रतिक्रिया दिनुहोस्