ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उजिरसिंहको सालिकमा माल्यार्पण गर्दै मनाईयो बिजय उत्सव दिवस


sharan sharan

बुटवल, ७ बैशाख । लकडाउनका कारण औपचारीक कार्यक्रम बिना बुटवलको जितगढी किल्लामा यस वर्षको बिजय उत्सव दिवस मनाईएको छ । वीरताको किल्ला जितगढी किल्लामा निर्माण भएको राष्ट्रियताको पहरेदार कर्णेल उजिरसिंहको सालिकमा माल्यार्पण गर्दै यस वर्षको जितगढी विजय उत्सव दिवस मनाइएको हो ।
बिजय उत्सवका अवसरमा सिमित संख्यामा उपस्थित भएका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, नेपाली सेनाका पश्चिम हेडक्वाटरका पृतनापति सीताराम खड्का लगायतले सालिकमा माल्यार्पण गर्दै कर्णेल उजिरसिंह प्रति श्रद्धासुमन प्रकट गरेका थिए ।
कार्यक्रममा संक्षिप्त मन्तब्य दिंदै बुटवल उपमहानगर पालिकाका नगर प्रमुख शिवराज सुबेदीले लकडाउनका बाबजुद इतिहासका पहरेदार ऐतिहासिक धरोहर बिजय उत्सवका नायक उजिरसिंहलाई उपमहानगरपालिकाले स्मरण गरेको बताउनु भयो ।
बुटवलले जितगढीको बृहत्त गुरुयोजना बनाएको छ । यहाँ कर्णेल उजिरसिंहसहित जितगढी लडाइँमा विरगती प्राप्त गर्ने १४ जनाको सालिक निर्माणाधन अवस्थामा रहेको छ । सालिकहरु सहित गढी निर्माणको काम अन्तिम चरणमा पुगेका बेलामा मुलुकमा बन्दाबन्दी भएपछि निर्माणको काम प्रभावित भएको उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए्उनुभएको छ ।
बुटवल उप–महानगरपालिका वडा नं. १ स्थित जितगढी किल्ला नेपाल–अग्रेज (इष्ट इण्डिया कम्पनी) युद्धमा (वि.स.१८७१/७२) वीर नेपालीले विजय हासिल गरेको ऐतिहासिक स्मारक स्थल हो ।
बुटवल गढी कब्जा गरी पाल्पा हान्ने र तिव्बतसम्म पुग्ने उद्देश्यकासाथ अंग्रेज गर्भनर लर्ड हेस्टिङ्सको निर्देशन मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वको आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजसंगको युद्धमा कर्णेल उजिरसिंह थापाको कमाण्डमा अदम्य साहस, रणकौशलता, पौरख एवं वीरताका साथ युद्ध गरी नेपालीले जितगढी किल्लाबटै विजय हासिल गरेका थिए ।
वि.स. १८७२ बैशाख ७ गते युद्धमा विजय हासिल भएको खुसीयालिमा बुटवल उपमहानगरपालिकाले गत वर्ष देखि जितगढी विजय उत्सव दिवस मनाउदै आएकोमा यस वर्ष सामाजिक दुरी कायम गर्दै कर्णेल उजिरसंिहको सालिकमा माल्यार्पण गरेर दिवस मनाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

ठुला सभाको जमाना गयो, अब गल्ती नदोहोर्‍याउने बाचासहित घरघर डुल्छौँ – अध्यक्ष प्रचण्ड

सम्बन्धित

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र

कारबाहीपछि गगनले कोरेको नयाँ कांग्रेसको खाका

विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com